• आज : Wednesday 17 January 2018
    10:37:20 NST

मुटु तथा कलेजोे प्रत्यारोपणको तयारी

भक्तपुर,मंसिर ।
भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रले मुटु तथा कलेजो प्रत्यारोपणको तयारी गरेको छ । बुधबार केन्द्रका प्रमुख डा.पुकारचन्द्र श्रेष्ठले मुटु रोगको उपचार तथा शल्यक्रिया सेवा सुरु गरेको साथै मुटु तथा कलेजो प्रत्यारोपणसम्मको तयारी सुरु भएको जानकारी दिए । केन्द्रले सुरु गरेको मुटुको शल्यक्रिया सफल भएको जानकारी दिँदै उनले अब मुटुको जाँच, उपचार एवं शल्यक्रियालाई अन्य अस्पतालमा जस्तो लामो समय कुर्नु नपर्ने दावी समेत गरे ।

सस्तो र सरकारले तोकेको भन्दा कम शुल्कमा भक्तपुरमै पहिलो पटक र देशमै चौथो सरकारी स्वास्थ्य संस्थाको रुपमा मुटुको शल्यक्रिया सफलता पूर्वक सम्पन्न गरेको उनले जनाए ।
केन्द्रले गएको बिहीबार संखुवासभा चैनपुर गाविसकी ५९ वर्षकी राधादेवी श्रेष्ठको मुटुको रक्तनलीको वाइपास अपरेशन सम्पन्न गरी बुधबार जानकारी गराइएको हो ।

Comment

Related News