• आज : Friday 17 November 2017
    11:14:04 NST

नेपाल र चीनबीच सयुत्त एजेण्डा बन्यो केरुङ, काठमाडौं, पोखरा तथा लुम्बिनी रेलसेवा सञ्चालन

काठमाडौं, २२ भदौ । नेपाल र चीनबीच क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चमा साझा अवधारणा बनाउने प्रस्ताव उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीन समक्ष राखेका छन्। 
बुधबार चीन भ्रमणका लागि निस्केका परराष्ट मन्बी कृष्णबहादुर महरासँगको भेट तथा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले आफूहरुबीच त्यस्तो विषयमा पनि छलफल भएको बताएका हुन्।
मन्त्री महराले ऊर्जामा सहकार्य बढाउन संवाद संयन्त्र स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने र त्यसले ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुल्ने बताए। 
अरनिको राजमार्ग छिटै खुला गर्ने र यथास्थितिमा रहेका सीमालाई स्तरोन्नती गर्ने र नयाँ सीमा खोल्ने बिषयमा पनि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गरिएको मन्त्री महराले बताएका छन्।
नेपाल र चीनबीचको अन्तरदेशीय सीमा पार गराई केरुङ — काठमाडौ —पोखरा—लुम्बिनी रेल सेवा सञ्चालन गर्ने संम्भाव्यता अध्ययन गर्ने बिषयमा चिनिया परराष्ट्रमन्त्री यीसँग छलफल भएको महराले बताए।
पारवहन तथा यातायातसम्बन्धी सम्झौताको प्रोटोकलको मस्यौदाका बारेमा पनि चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग छलफल भएको छ । मस्यौदालाई अन्तिम रुप दिन सम्वादलाई तीब्रता दिन दुवैपक्ष सहमत भएको महराले बताएका छन् । चीनसँगको नेपालको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन केही सहयोगी कदम अगाडि बढाउन चिनियाँ विदेशमन्त्री वाङलाई आफूले अनुरोध गरेको पनि मन्त्री महराले जानकारी दिए । 
 
चीनले अगाडि बढाएको वेल्ट एण्ड रोड इनिसियटिभमा जनस्तरको सम्बन्ध, व्यापार, पर्यटन र लगानी प्रबद्र्धन, रेल सेवा र सडकसहित अन्तरदेशीय सीमा सम्पर्कमा बृद्धि, पूर्वाधार संरचना निर्माणको विकासमा योगदान पुग्ने अपेक्षा नेपालले राखेको मन्त्री महराले बताए ।  
नेपालको विकासमा निरन्तर चिनिया सहयोगप्रति धन्यवाद दिदै काठमाडौ बसन्तपुर दरवारलाई नौ तले बनाउनेसहित महत्वपूर्ण अन्वेषणात्मक परियोजनामा खर्च गर्ने गरी चीनले सन २०१६ र २०१७ का लागि दुईअर्व आरएमबी परिचालन गर्ने सम्झौता भएको पनि जानकारी गराए ।
 
नेपालमा पर्यटन प्रवद्र्धन गर्न दुवै पक्ष संयुक्त कदम चाल्न सहमत भएको महराले भेटपछि बताएका छन् । चीन सरकारले सन् २०१७ लाई गन्तव्य नेपाल कार्यक्रम सञ्चालन गरिदिएकोमा महराले मन्त्री वाङ यीलाई धन्यवाद पनि दिएका छन्। सो अवसरमा चीनका मुख्य शहरमा नेपालका प्रमुख पर्यटकीय गन्तव्यको प्रचार प्रसार चीन सरकारले गरिदिने अपेक्षा पनि महराले व्यक्त गरेका छन्। 
 

Comment

Related News