• आज : Friday 17 November 2017
    11:10:31 NST

आँधीका कारण फ्रान्समा ठूलो क्षति

फ्रान्स, २२ भदौ । समुद्री आँधी अर्माका कारण क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सको भूमिमा ठूलो क्षति पुगेको छ । क्यारेवियन क्षेत्रमा रहेको फ्रान्सेली आइल्याण्ढ सेन्ट मार्टिन र सेन्ट बार्टसमा ठूलो मात्रामा भौतिक क्षति भएको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बताउनुभएको छ । 
आँधीका कारण त्यस क्षेत्रमा कम्तिमा दुई जनाको ज्यान गएको र अरु दुई जना गम्भीर घाइते भएको फ्रान्स सरकारले जनाएको छ । आँधाले बार्बुडा र एन्टिगुवका ९० प्रतिशत भवनमा क्षति पुर्‍याएको छ । क्याटेगोरी फाइभको आँधी अहिले नर्दन भिर्जिन आइल्याण्ड तर्फ गएको छ । क्याटेगोरी फाइभ आँधी सबैभन्दा बढी क्षति गर्ने आँधी हो । अर्मा आँधीका कारण क्यारेवियन क्षेत्रमा ठूलो क्षति भएको छ । पछिल्लो दशकमा आएको यो सबै भन्दा ठूलो आँधी हो । आँधीका कारण दुई सय ९५ किलोमिटर प्रतिघण्टाको दरमा हावा चलेको छ । आँधीका कारण पोर्टओ रिको, डोमेनिकन रिपब्लिक, ब्रिटिस भर्जिन आइल्याण्डसहितका क्षेत्र पनि प्रभावित हुने चेतावनी दिइएको छ ।  

Comment

Related News