• आज : Friday 17 November 2017
    11:12:57 NST

चलचित्र ‘अनुराग’ घोषणा, पत्रकार धमलाकी पत्नी अब हिरोइन

काठमाडौं, २२ भदाै । पत्रकार ऋषि धमालकी श्रीमती एलिजा गौतमले फिल्म घोषणा गरेकी छिन् । लामो समयदेखि फिल्म निर्माण र अभिनय गर्न कसरत गरिरहेकी एलिजाले बुधवार राजधानीमा एक कार्यक्रमका बिच फिल्म ‘अनुराग’ घोषणा गरेकी हुन् । फिल्ममा एलिजाको नै मुख्य भूमिका छ भने उनीसँग मोडल दीपक घिमिरेले रोमान्स गर्नेछन् ।  
फिल्म घोषणा कार्यक्रममा बोल्दै निर्मात्री तथा नायिका एलिजा गौतमले आफ्नो श्रीमान ऋषि धमालका कारण फिल्म निर्माण र अभिनयमा हात हालेको बताइन् । उनले भनिन् ‘मलाई धेरै पहिलादेखि नै फिल्म निर्माण र अभिनय गर्ने सोच थियो तर विभिन्न कारणले सम्भव भएन । अब भने फरक कथावस्तुमा ‘अनुराग’ निर्माण गर्दैछु ।’ म्यूजिकल लभस्टोरी फिल्म भनिएको ’अनुराग’ले माया प्राप्तिका लागि गरिने संघर्षमा, मिलनमा खुशी र विछोडमा रोदनको कथा उठाउने छ ।  
एलिजा गौतमको होम प्रोडक्सन कम्पनी एरिका फिल्मसबाट निर्माण हुने फिल्मलाई सत्यराज चौलागाईले निर्देशन गर्नेछन् । करीब १ करोड बजेटमा निर्माण हुने फिल्मको छायाँकन काठमाडौं, पोखरा र इलामा हुनेछ । फिल्ममा दीपक र एलिजाका अलावा सरोज खनाल, रुपा राना, निर्मल शर्मा लगायतका कलाकारहरुको पनि मुख्य भूमिका हुनेछ । फिल्ममा एलिजाले अनु र दीपकले रागको भूमिका निर्वाहा गर्नेछन् ।  फिल्ममा रामकुमार केसीको छायाँकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद रहेको छ ।
एरिका फिल्मस प्रोडक्सनको व्यानरमा अनुराग निर्माण हुन लागेको हा । चलचित्रको छठपछि छायांकन हुने आयोजकले जानकारी दिएको छ । सत्यराज चौलागाँईको निर्देशनमा बन्न लागेको उक्त चलचित्र अुनराग १ करोड आर्थिक लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण पक्षले जानकारी दिएको छ । त्यस्तै कार्यक्रममा निर्मात्री एलिजा गौतममले चलचित्रको कथावस्तु फरक भएकाले आफ्नो पुरानो सपना पुरा गर्नको लागि आफु तयार भएको बताएकी थिइन् ।
वरिष्ठ कलाकार एवम् चर्चित नायक सरोज खनालले यस अुनराग मुभिलाई अनुराग सावित गर्ने प्रण गरे ।  नृत्य निर्देशन कविराज गहतराजको रहने चलचित्रमा तारा प्रकाश लिम्बु र सरोज खनालको संगीत रहनेछ ।
 

Comment

Related News