• आज : Sunday 24 September 2017
    2:28:08 NST

काँग्रेसका उम्मेदवार १३३ तहमा टुंगो लाग्यो

काठमाडौं, २० भदौ । नेपाली काँग्रेसले स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि २ नं प्रदेशमा आफ्ना उम्मेदवारहरुको नाम टुङ्ग्याएको छ । कूल ८ जिल्ला भित्रका स्थानीय तहमध्ये काँग्रेसले अब तीनवटा स्थानीय तहको प्रमुखका उम्मेदवार मात्रै छान्न बाँकी रहेको नेपाली काँग्रेसले जनाएको छ । 
१३३ तहमा काँग्रेसले उम्मेदवार बनाएकाहरुको नामावली तय गरिसकेको छ । दोस्रो चरणको निर्बाचन अन्तर्गत २ नं प्रदेशमा १३७ तह छन । ती तीन स्थानीय तहमा पनि मंगलबार राती अबेरसम्ममा  टुंगो लगाउने नेपाली काँग्रेसले जनाएको छ । 
अहिले काँग्रेसले रौतहटका तीन स्थानीय तहमा मात्रै उम्मेदवार टुंगोमा पुर्याउन बाँकी रहेको छ । उम्मेदवार छनोट गर्न बाँकी रहेका स्थानीय तहहरुमा गौर नगरपालिका, देवाही गोनाई नगरपालिका र मौलापुर नगरपालिका रहेका छन् । 
ती नगरपालिकाहरुमा प्रमुख र उपप्रमुख दुबैमा उम्मेदवार तय नभईसकेको काँग्रेसले जनाएको छ । त्यस्तै, उपप्रमुखको मात्रै उम्मेदवार तय नभएका स्थानीय तहहरुमा यी तीन स्थानीय तहका अलावा यमुनामाई गाउँपालिका, राजदेवी नगरपालिका,  माधवनारायण नगरपालिका, गढीमाई नगरपालिका र फतुवा विजयपुर नगरपालिका रहेका छन् । 
 

Comment

Related News