• आज : Monday 20 November 2017
    1:13:53 NST

नेपाल ब्रिटेन संबन्धका दुईसय वर्ष : लण्डनमा नेपाली मेला

लण्डन, भदौ । नेपालका विभिन्न भागका भेषभुषा तथा संस्कृति झल्काउने झाँकीहरु प्रदर्शन गर्दै लण्डनमा नवौं नेपाली मेला सम्पन्न भएको छ।  लण्डनस्थित नेपाली दूतावासको सहयोगमा तमु धिं युकेद्वारा आइतबार लण्डनको केम्पटन पार्कमा आयोजित नेपाली मेलामा ब्रिटेनमा बसीरहेका हजारौं नेपालीहरु सहभागी भएका थिए। मेलाका धेरैजसो सहभागीहरु आआफ्ना मौलिक भेषभुषा तथा ग्रामीण परिवेश झल्काउने पहिरनमा सजीएका थिए। 
ब्रिटेनका लागि नेपाली राजदूत डा। दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलगायतले मेलाको सामूहिक उद्घाटन गरेका थिए। खासगरी पश्चिम नेपालको कृषिमा आधारित जीवनशैली र संस्कृति झल्काउने गरी झाँकी प्रदर्शन गर्ने लमजुङ समाज युकेले झाँकीतर्फ पहिलो स्थान प्राप्त गरेको थियो। बीबीसी का अनुसार, ब्रिटेनसंग नेपालको संबन्ध कायम भएको दुईसय वर्ष पुरा हुदै गर्दा ब्रिटिश सेनामा कार्यरत गोर्खा सैनिकहरु पनि आफ्नै पोशाकमा मेलामा सहभागी भएका थिए। मेलामा ब्रिटेनको सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद डा। म्याथु अफोर्डलगायत ब्रिटिश सांसदहरु, काउन्सिलरहरु तथा अन्य ब्रिटिश पाहुनाहरु पनि सहभागी भएका थिए। 
ब्रिटेनमा प्रवासी नेपालीहरुको संख्या एकलाख नाघेको अनुमान गरिँदै गर्दा संघसंस्थाहरुको संख्या पनि बढीरहेको छ र तिनले युवायुवतीहरुलाई नेपाली नृत्य तथा संगीत अभ्यास गर्न प्रेरित पनि गर्ने गरेका छन्। 
पश्चिम नेपालको स्याङ्जा जिल्लाका साविक चारवटा गाउँ विकास समितिहरुबाट आएर अहिले ब्रिटेनमा बसोबास गर्ने नेपालीहरुले स्थानीय गुरुङ समुदायको जनजीवन तथा संस्कृति झल्किने प्रस्तुति गरेका थिए। 
पासा पुचस् गुठी युकेले नेपालको समृद्ध नेवारी कला संस्कृतिको झलक देखाउदा कतिपय सहभागीहरुले आफुहरु नेपालमै भए जस्तो अनुभूत गरेको पनि बीबीसीलाई बताए। 
नेपालको चर्चित नौमती बाजा तथा पन्चे बाजा बजाएर ब्रिटेनमा नाम कमाएको नौमती बाजा समूह पनि सहभागी नेपाली मेलाले नेपाली पहिचान जोगाउन मदत पुग्ने आयोजकहरुको भनाइ छ।        तस्वी सौजन्य :  एभरेस्ट गौतम 
 

Comment

Related News