• सोमबार ६-८-२०७५/Monday 09-24-2018

युएईमा अवैधलार्इ साउन १६ बाट आममाफी दिइने

लेसियामा भदौ १५ गतेसम्म

काठमाडौँ । अवैधानिक रुपमा युएईमा बसिरहेका आप्रवासी कामदारलाई आममाफीको लागि तीन महिनाको समय दिइने भएको छ ।
आगामी साउन १६ गतेबाट (अगस्ट १) लागु हुने गरी तीन महिनाभीत्रमा आफ्नो देश फर्किन अथवा जरिवाना तिरेर वैधानिक भएर त्यहिँ काम गर्न पाउने गल्फ न्युजले जनाएको छ । युएईको सरकारले श्रम ऐनमा भएको सुधारलाई गएको साता अनुमोदन गरेपछि आप्रवासीले त्यो अवसर पाएका हुन् ।

भिसा सकिएर बसेका कामदारलाई ६ महिना काम खोज्न समय समेत दिइएको छ । फर्किन चाहनेले पनि फेरि जान सक्ने गरि फर्किन पाउने छन् । मलेसियास्थित नेपाली दूतावासले भने यस विषयमा आधिकारीक जानकारी नआइसकेको जनाएको छ ।

 

मलेसियामा भदौ १५ गतेसम्म आममाफी
मलेसियाको अध्यागमन विभागले गैरकानूनी हैसियतमा बसेका प्रवासी कामदारलाई देश छाड्न थप भदौ १५ गते (अगष्ट ३०) सम्मको समय दिएको छ । यो अवधिमा त्यहाँका गैरकानुनी प्रवासी कामदार वैधानिक हुन पाउने छन् । वैधानिक भएर त्यहाँ काम गर्न नचाहनेले श्व्देश फर्किन पाउने छन् ।

तर यो अवसरलाई सदुपयोग नगर्ने कामदारमाथी भने मलेसिया कठोर बनेको छ । यस्ता कामदारलाई काम दिने रोजगारदातालाई समेत कारबाही गर्ने मलेसिया सरकारले चेतावनी दिएको छ ।
गैरकानुनी आप्रवासी कामदारलाई अघिल्लो वर्ष पनि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्म समय दिएको थियो । यो वर्ष जनवरीदेखि जुन ३० सम्मका लागि समय थपिएकोमा फेरि अगष्टसम्म समय बढाइएको हो ।
मलेसियामा करिव १ लाख अवैधानिक कामदार रहेका अनुमान गरिएको छ । अवैधानिकरुपमा काम गरिरहेका नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी स्वदेश फर्किन नेपाली दूतावासले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

कुबेतमा सुनसरीकी राईको हत्या

कुबेत । घरेलु कामदारका रुपमा कुबेत पुगेकी सुनसरीकी महिलाको मालिकका छोराबाट हत्या भएको छ । ४५ वर्षीया पेशलमाया राईको छुरी प्रहार गरी हत्या भएको

मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

मलेसिया । मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । मलेसियास्थित नेपाली दूतावासले विषाक्त मदिरा सेवनबाट मृत्यु

साउदी जाने युवाको पारिश्रमिक ९ हजार बढ्यो

काठमाडाैं । सरकारले रोजगारीका लागि साउदी अरब जाने श्रमिक र अन्य व्यावसायिक कामदारको न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । साउदी अरबमा विभिन्न