• आज : Monday 20 November 2017
    1:13:08 NST

चन्द्र भण्डारी भन्छन : गुलामी गरेर मन्त्री खानु छैन, टिकट पनि लिनु छैन

युएई, भदौ। काँग्रेस नेता चन्द्र भण्डारीले गुलामी गरेर मन्त्री खान आफूले नचाहेको बताएका छन् । नेपाली जनसम्पर्क समिति युएईले गरेको कार्यक्रममा भण्डारीले काँग्रेस नेतृत्वले आफ्नो गौरवमय विगत र उज्वल भविष्यलाई नजरअन्दाज गर्दा काँग्रेस वर्तमानमा गुमराहमा परिरहेको बताए ।
 
काँग्रेस नेतृत्वले राष्ट्रियता, लोकतन्त्र र समाजवादले सुसज्जित आफ्नो पाठशालामा गुलामीलाई प्रवेश गराउँदा वितृष्णा बढेको उल्लेख गर्दै भण्डारीले काँग्रेसको नयाँ पुस्ताले नेतृत्वमा हस्तक्षेप गर्दै सुधार्नु पर्ने बताए । उनले पार्टीमा पछिल्लो समयमा देखिएको गुलामी प्रवृतीलाई मलजल गरेर आफू मन्त्री बन्न नचाहेको बताए । गुलामी नै खोजिए आफूले सांसदको टिकट समेत नरवोज्ने भण्डारीले बताए ।
 
आफ्नै नेतृत्वको टिप्पणी गरेका भण्डारीले प्रमुख प्रतिपक्षी एमालेप्रति पनि आक्रामक रूपमा प्रस्तुत भए । एमालेका कारण देश असफल र विकासको बाटोमा धेरै पछि परेको उनले बताए । अरूण तेस्रो रोकेर एमालेले नेपालको विकासको गतीलाई संस्थागत ढंगले रोक्ने काम भएको उनको तर्क थियो । फरक प्रसङ्गमा नेता भण्डारीले भ्रष्टाचारमा डामीएकाहरूलाई राजनीतिमा आउने छुट नभएको बताए । काँग्रेस भ्रष्टाचारीको पक्षमा नभएको उनले बताए ।

Comment

Related News