• आज : Tuesday 26 September 2017
    11:49:25 NST

ओमानमा नेपालीलाई यातना : घर फर्किन पनि छैन सजिलो

ओमान, भदाै । एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गनेृ झापाकी २३ बर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किलोमिटर टाढा सललाहबाट भागेर उनी दूतावासको शरणमा आएकी थिइन् ।
दूतावासले उनलाई नेपाल पठाउन लागेको विषय ओमानीलाई चित्त बुझेको थिएन । 
'मैले किनेर ल्याएको खद्यामालाई किन पठाउने ?' उनी भन्दै थिए, 'उनलाई नेपाल होइन, मैले नै घर लैजान पाउनुपर्छ ।'
आफूलाई ती ओमानीले कुटपिट र मानसिक यातना दिएको भन्दे दूतावास आएकी ती युवती भने फर्केर उसकै घरमा जाने पक्षमा थिइनन् ।
दूतावासले युवतीलाई नेपाल पठाउन निकै प्रयास गरे पनि ओमानीले मान्दै मानेनन् । आजको कान्तिपुरमा खबर छ ।
ती ओमानीले भने, मैले उनलाई ल्याउन निकै दुख गरेको छु । १८ सय रियाल (चार लाख ७८ हजार रुपैयाँ) तिरेको छु । (खल्तीबाट बिल देखाउँदै भने) यो रकम कसले फिर्ता दिन्छ ?
भारत, यूएई र ओमान
ती युवती दलालमार्फत भारत हुँदै संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान पुगेकी थिइन् । त्यहाँको घरेलु कामदार बिक्री गर्ने एजेन्सीबाट ती ओमानीले उनलाई खरिद गरेर आफ्नो घर लगेका थिए । ‘उनलाई नेपाल पठाउने भए मैले तिरेको रकम दूतावासले दिनुपर्छ,’ ओमानीले जिद्दी गरिरहे । ‘दूतावासमा आइसकेको नेपालीलाई फिर्ता पठाउन मिल्दैन,’ ओमानीलाई सम्झाउँदै राजदूत शर्मिला पराजुलीले भनिन्, ‘नेपालबाट घरेलु कामदार ल्याउन रोकिएको छ । त्यसरी रकम तिरेर ल्याउने काम गैरकानुनी हो ।’ 
ओमानीले धम्क्याए  र बाटो लागे
तैपनि ओमानी मान्ने सुरमा देखिएनन् । ‘लान नदिने हो भने यिनलाई म चोरीको मुद्दा हाल्छु, नेपाल फर्कनै दिन्नँ,’ ओमानीले धम्क्याए । र, युवतीको राहदानी फिर्ता नदिई आफ्नो बाटो लागे । 
दूतावासलाई अप्ठ्यारो
बिल देखाउँदै आफ्ना घरेलु कामदार लिन आउनेहरू धेरै भएको दूतावासका कर्मचारी बताउँछन् । ‘यसरी बिल देखाउँदा दूतावासलाई अप्ठ्यारो पर्ने गरेको छ । भागेर दूतावास आइपुगेका हाउसमेडलाई स्पोन्सरको सहयोगबिना पठाउन मुस्किल नै हुन्छ । उनीहरूले चोरीको मुद्दा हालिदिए झन् समस्या आइपर्छ,’ दूतावासका कर्मचारी भन्छन् । दूतावासले त्यसरी आउनेलाई सकभर सम्झाएर फर्काउने प्रयास गरिरहेको छ ।
कामदार पठाउन रोक, तर तस्करी बढ्यो
सरकारले घरेलु कामदार पठाउन रोक लगाए पनि दलालमार्फत महिलाको तस्करी बढिरहेको छ । सललाहमा त झन् एक घर एक नेपाली कामदारझैं अवस्था छ । ओमानी निकायका अनुसार झन्डै ५ हजारभन्दा बढी नेपाली महिला घरेलु कामदार छन् । ओमान पुग्ने प्राय: सबै घरेलु कामदार यूएईबाट लगिन्छन् । त्यसरी ओमान पुग्ने र पछि नेपाल जाने भन्दै भागेर दूतावास आउने नेपालीको संख्या बढिरहेको दूतावासले जनाएको छ । 
७५ जनाको उद्धार
आश्रयस्थलमा आएका ७५ जनालाई दूतावासले उद्धार गरी नेपाल पठाएको छ । अवैध बाटोबाट नेपाली ल्याउने क्रम झन् बढेपछि दूतावासले नेपाल र ओमानबीच श्रम सम्झौता नभएसम्म नेपाली महिलालाई घरेलु कामदारको भिसा नदिन पनि ओमान सरकारलाई अनुरोध गरेको छ । ‘ओमानसँग श्रम सम्झौताको प्रक्रिया अगाडि बढिसकेको छ । त्यो सम्झौतामा घरेलु कामदारका विषय पनि छन् । श्रम सम्झौता नभएसम्म भिसा जारी नगर्न ओमान सरकारको ध्यानाकर्षण गराइएको छ,’ राजदूत पराजुलीले भनिन् ।

Comment

Related News