• बिहीबार ७-२९-२०७५/Thursday 11-15-2018

अब 'बिपना बन्दै' रेलमार्गको सपना

नेपालीका लागि रेल हेर्न कि त जनकपुर नै पुग्नुपथ्र्यो । कि त भृकुटीमण्डपमा प्रदर्शनीमा राखेको नै । अब नेपालीका लागि त्यो अबस्था नरहने पक्का भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र चीन भ्रमण र भएका सम्झौापछि ती धारणा हट्ने भएका छन । का राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी आधारहरु खडा गरेको छ ।
खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउने परिकल्पनाले अब कार्यरुप पाउने भएको छ ।चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्चालको नेपाली चाहनालाई पहिलो पटक ठोस रुपमा अनुमोदन गरिदिएका हुन् ।
उनले ग्रेट हल अफ दि पिपुलमा शिष्टाचार भेटका निम्ति पुगेको नेपाली प्रतिनिधिमण्डल सामु गरेको प्रतिबद्धता र  छिङहाईदेखि ल्हासासम्म बनाएको रेलमार्ग अहिले शिगात्से पुगेको छ । त्यो अझै अगाडि बढ्दै छ र मलाई विश्वास छ, त्यो चाँडै काठमाडौं पनि पुग्नेछ । भनेर  गरिएका सम्झौतापछि त्यो संभव भएको हो । 
नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजना सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएकोछ । विसं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङबीच ग्रेट हल अफ द पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायत १४ विषयमा सम्झौता भएको हो । 
रेलमार्ग निर्माणसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र उनका चिनियाँ समकक्षी लि सियोपिङले हस्ताक्षर गरे। 
 अर्थ मन्त्रालयका सचिव राजन खनाल र चिनियाँ आयोगका उपाध्यक्ष झाङ योङले सो सम्झौतापत्रमा हस्ताक्षर गरे।
त्यस्तै सिन्धुपाल्चोकको तातोपानी र रसुवागढीमा मितेरीपुल निर्माण गर्न चीनले सहयोग गर्नेबारे पनि सम्झौता भएको छ । ती सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री कोङ झेङयूबीच हस्ताक्षर भयो ।नेपाल र चीनबीचका सहयोग एवं सहकार्यका कार्यक्रम र परियोजना सहजीकरणका लागि दुई परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गर्ने विषयमा सहमति भएको छ । ती मन्त्रालयबीच सहकार्य अभिवृद्धि गर्दै जाने सहमतिसमेत भएको छ ।
नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चीनको राष्ट्रिय ऊर्जा प्रशासनबीच नेपालमा ऊर्जा सहकार्य गर्ने विषयमा सहमति भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र चीनको उक्त निकायका प्रशासक नुर बाइकेलीबीच उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल र चीन सरकारबीच आर्थिक र प्राविधिक सहकार्य तथा मानव स्रोत सहकार्य गर्ने अलग अलग सम्झौता पनि भएको छ । सम्झौतामा अर्थ मन्त्रालयका सचिव खनाल र चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका उपाध्यक्ष झाओ लिझाउबीच हस्ताक्षर भएको छ । 
 

प्रतिकृया दिनुहोस

बामदेवको सांसद मोह : नेकपाभित्र भुषको आगो बन्दै

  दशैंको बेला मुलुक बामदेवको संसद बन्ने र बनाउने खेलले नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ। बर्दियाबाट निर्बाचनमा पराजय भोगेका नेकपाका नेता वामदेव

च्यांग्रामा चलखेल !

नेपाली राजनीतिमा बेलामा बखत कुनै न कुनै विषयले चर्चा पाइरहेको हुन्छ । धेरै टाढा नजाऊ केही महिना अघि मार्सी चामालको चर्चाले ‘मार्सी चामल’ ब्राण्ड

संविधान कार्यान्वयनकै कसरत 

आज असोज ३, मुलुकमा नयाँ संविधान जारी भएको तीन वर्ष पुगेको छ । अझै पनि संविधान कार्यान्वयनकै कसरत जारी छ । संविधान निर्माण भएको तीन वर्ष पुगेको अवसरमा