• सोमबार १०-७-२०७५/Monday 01-21-2019

ध्यान दिवस : 'गुरुपूर्णिमा र बुद्धजयन्तीमा मनाउँ'

योग पर्यटन केन्द्र बनाउन पहल हुन्छ

 
काठमाडौँ,  असार । गुरुपूर्णिमाको दिनलाई राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने  कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बताए । 
चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यहाँ आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले नेपाललाई आध्यामिक र योग पर्यटन केन्द्र बनाउन सरकार लागिपर्ने जानकारी दिए । 
योगमार्फत समाजमा रहेका जातीय विभेदलाई अन्त्य गर्दै सामाजिक सद्भाव राख्न सकिने बताउँदै उनले राजनीतिक दलका नेताले आफ्नो जीवनशैलीलाई बदल्नका लागि योग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा स्वामी आनन्द अरुणले भने योग र ध्यानको विश्वमा नै आवश्यकता रहेको उल्लेख गदै नेपालले बुद्ध जयन्तीको दिन राष्ट्रिय ध्यान दिवस मनाउनुपर्ने सुझाव दिए । 
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले योगको लोकप्रियता विद्यालयमा समेत बढेकाले योग शिक्षालाई पाठ्यक्रममा समावेश गर्न पहल गरिने बताए । शिक्षा मन्त्रालयका सचिव खगराज बरालले योगलाई शिक्षासँग जोड्ने प्रयास भइरहेको बताए । प्राकृतिक चिकित्सक डा हरि पोखरेलल योग र मानवस्वास्थ्य तथा टिएन पथिकले योग र शिक्षाबारे प्रवचन दिए । 
 

प्रतिकृया दिनुहोस

"कसरी बनेको थियो विश्वको पहिलो लिपस्टिक ? "

  काठमाडौं । 'लिपस्टिक' - विश्वका प्रत्येक महिला तथा युवतीको मेकअपको सूचीमा सबैभन्दाा पहिला आउने नाम । लिपस्टिक विना राम्रो मेकअप पनि अधुरो

‘राजधानीमा स्वाइनफ्लुका बिरामी छैनन्’ : स्वास्थ्य मन्त्रालय

  काठमाडौँ, माघ  । राजधानीमा केही मानिसमा रुघाखोकीको समस्या देखिए पनि त्यो स्वाइनफ्लु नभएको स्पष्ट पारिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या

अध्ययन भन्छ :  “धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुन्छ”

कठमाडौ, पुस । कथनी छ,— ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ ।  हाम्रो समाजले यसरी नै ब्याख्या गर्छ श्रीमान र श्रीमतीबीचको  सम्बन्ध तथा झगडालाइ