• आज : Sunday 24 September 2017
    2:26:25 NST

सत्यमोहन जोशीलाई शताब्दी पुरुष उपाधि

काठमाडौं, भदौ ।संस्कृतिविद् सत्यमोहन जोशीलाई शताब्दी पुरुषको उपाधिले सम्मानित गरिएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा जोशीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र्र नारायण देवले जोशीलाई उक्त सम्मान प्रदान गरे ।  
नेपाली भाषा–साहित्य र संस्कृतिको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएबापत जोशीलाई उक्त सम्मान दिइएको हो । कार्यक्रममा विभिन्न विधामा लामो समय सक्रिय रहेर योगदान पुर्याउने पाँच साहित्यकारहरुलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार प्रदान गरियो । पुरस्कृत साहित्यकारहरुमा आख्यान विधामा परशु प्रधान, कविता विधामा बानिरा गिरी, निबन्ध विधामा कृष्ण गौतम, भाषा साहित्य विधामा नगेन्द्रराज शर्मा र बालसाहित्य तथा लोक साहित्य विधामा बासुदेव मुनाल छन् । कार्यक्रममा नेपालको राजनीतिक तथा सैद्धान्तिक खोज अनुसन्धान, लेखन, संस्कृति, विज्ञान तथा प्रविधि क्षेत्रको खोज अनुसन्धानमा लागेका अन्य तीनजनालाई पनि सम्मान गरिएको थियो । मन्त्रालयले पुष्पलाल स्मृति प्रतिष्ठानको सहकार्यमा हरेक वर्ष पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । 
कार्यक्रममा संस्कृतिविद् जोशीले आयोजकप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमले आफूलाई प्रेरणा मिलेको बताए । संस्कृति तथता पर्यटनमन्त्री जितेन्द्र देवले यस्ता खालका कार्यक्रममा भाग लिन पाउनु गौरव र खुशीको विषय भएको बताए ।
 

Comment