• सोमबार ६-८-२०७५/Monday 09-24-2018

"सुरक्षित गर्भपतनले मातृत्व रक्षा गर्छ"

गर्भपतनलाई अपराधमुक्त बनाउँ


काठमाडौँ, असार । बाध्यात्मकरुपमा महिलाले गर्भधारण गर्नुपर्ने अवस्थाको अन्त्यका लागि संविधानमा गर्भपतनलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले बताए ।  उनले विसं २०५९ मा मुलुकी ऐनको ११औँ संशोधनका रुपमा गर्भपतनलाई अपराधमुक्त बनाइ हाल अधिकारका रुपमा स्थापित गरिएको महिला, कानून र विकास मञ्चले यहाँ आज आयोजना गरेको अन्तक्र्रियमा  भने । 
प्रजनन स्वास्थ्यका रुपमा गर्भपतनले मान्यता प्राप्त गरेको हुँदा यसलाई आवश्यकताअनुसार देशभरका सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन राज्यको भूमिका र दायित्व हुनपर्ने उनले भनाइ राखे । 
सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले गर्भपतनले कानूनीरुपमा मान्यता पाएको लामो समय भए पनि त्यसकाबारेमा ६० प्रतिशत महिला अनविज्ञ रहेको बताइन ।  
नेकपाका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा वंशीधर मिश्रले बलात्कारका कारण महिला हिंसामा परेका तथा महिलाको जीवनको सुरक्षाका लागि गर्भपतनको मुद्दालाई अधिकारका रुपमा ल्याउन आफूले त्यसबेला भूमिका निर्वाह गरेको  र मुद्दामा जोडिएका पक्ष प्रहरी, सरकारी वकिल, महान्याधिवक्ता लगायतले यसको गम्भीरतालाई बुझ्न जरुरी रहेको उल्लेख गरे । 

प्रतिकृया दिनुहोस

किसमिस खानुका चामत्कारिक फाइदा जानिराखौं

काठमाडौं । आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा विभिन्न चामत्कारिक फाइदा हुने बताइन्छ । यसरी नियमित सेवना गर्नाले

आत्महत्या बढी हुने १० प्रमुख देशमा नेपाल पनि

काठमाडौं, भदौ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सेप्टेम्बर १० लाइ विश्व आत्महत्या रोकथाम दिवसको रुपमा मनाइदै छ । आमहत्या रोकथाम दिवसको लागि यो वर्षको

याेगा गर्नुहुन्छ ? यि ९ कुरामा ख्याल पुर्याउनुहाेस्

काठमाडाैं । स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग तथा साधना एकदमै फाइदाजनक हुन्छ । तर, योगा गर्दा केही सावधानी अपनाउनु नै पर्छ । योगा गर्दा केहि