• सोमबार ६-८-२०७५/Monday 09-24-2018

मुख्यमन्त्री पौडेल भन्छन : जीवन सार्थक बनाउन योग चाहिन्छ

चौथो अन्तर्राष्ट्रिय योग दिवस

हेटौँडा, असार । योगले जीवनलाई सार्थक बनाउने भएकाले अल्छीपन छोडेर योग गर्नुपर्ने प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।  चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा यहाँ आज आयोजित योग अभ्यास कार्यक्रममा उनले भने, “योगले स्वस्थ नागरिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ ।” मुख्यमन्त्री पौडेलले भने, “योगले हाम्रो जीवन पद्दतिलाई सार्थक जीवनमा पु¥याउँछ भन्ने कुरा धेरैले बुझेका छन् र बुझ्दै पनि छन् तर बुझेर पनि योगमा लागेका चाहिँ छैनौँ ।” योग शिविर र कार्यक्रम सञ्चालन गर्दै आएका पतञ्जलीलाई व्यवस्थित र संस्थागत गर्नका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउँदै उहाँले योग शिविरलाई सशक्त, प्रभावकारी, व्यवस्थित रुपमा सञ्चालन गर्न आग्रह गरे । 
विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक एवं जम्बु विश्वविद्यालयका प्राध्यापक केदारनाथ शर्माले अन्तर्राष्ट्रिय योग दिवसले योगको महत्व उजागर गरेको उल्लेख गर्दै योग गरेर फाइदा लिन ढिलाइ गर्न नहुनेमा जोड दिए । 
कार्यक्रममा मुख्यमन्त्री पौडेलसहित प्रतिनिधिसभाका सांसद कृष्णप्रसाद दाहाल, प्रदेशका मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने, प्रदेशसभा सदस्य मुनु सिग्देल र जुनेली श्रेष्ठलगायत योग, ध्यान प्राणायाममा सहभागी भएका थिए । 
पतञ्जली योग नेपाल महिला समितिकी प्रमुख अर्चना दिदीले उहाँहरुलाई योगाभ्यास गराउनुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

किसमिस खानुका चामत्कारिक फाइदा जानिराखौं

काठमाडौं । आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा विभिन्न चामत्कारिक फाइदा हुने बताइन्छ । यसरी नियमित सेवना गर्नाले

आत्महत्या बढी हुने १० प्रमुख देशमा नेपाल पनि

काठमाडौं, भदौ । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सेप्टेम्बर १० लाइ विश्व आत्महत्या रोकथाम दिवसको रुपमा मनाइदै छ । आमहत्या रोकथाम दिवसको लागि यो वर्षको

याेगा गर्नुहुन्छ ? यि ९ कुरामा ख्याल पुर्याउनुहाेस्

काठमाडाैं । स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग तथा साधना एकदमै फाइदाजनक हुन्छ । तर, योगा गर्दा केही सावधानी अपनाउनु नै पर्छ । योगा गर्दा केहि