• आज : Sunday 24 September 2017
    2:26:58 NST

“ओला” को नाच हेर्दा

निरञ्जन मल्ल ठकुरी
भाई विनोद खड्काको नियात्रा संग्रह “ओला” मिति २०७४ जेठ १३ गतेका दिन मेरो हात पर्योे। अत्यन्त खुसी लाग्यो। किनभने त्यो खुसी प्राप्ति गर्न झण्डै आधा दशक प्रतीक्षा गरिएछ। त्यत्रो कालखण्ड पार गरेपछि प्राप्त गरेको खुसीलाई मूल्यमा अंकित गर्न सकिदैन।
 
कार्यालयीय कर्मको सिलसिलामा उसले पूर्वको पर्थ देखि पश्चिमको सान फ्रान्सिस्को र उत्तरको लण्डनदेखि दक्षिणको केपटाउनसम्म गरेको भ्रमणबाट बटुलेको अनुभवलाई नियात्रा संग्रहको रुप दिएको रहेछ, पोल्याण्डकी स्ट्रिपडान्सर सन्दरी ओला मार्फत। घुमघाममात्र गर्ने कि घुमघामसँग उतार्ने ? भनेर अलि अलि हटुहुटी पारेकै हो। हुटहुटी भन्दा पनि छटपटी त उसलाई पो बढी रहेछ। पुस्तकको आकारमा थपक्क सुम्पिदियो ओलालाई मेरो हातमा। पुस्तकका अक्षर अक्षरमा ओलाले कम्मर मर्काई मर्काई नाचेको कम्ती राम्रो लागेन मलाई। उसले त ओलालाई भेट्न पोल्याण्ड पुग्नु प¥यो। तर मैले त नेपालमै पो भेटे ओलालाई। यस्तो संयोग जुराई दिएकोमा भाइ विनोदप्रति म कृतकृत्य छु।
 
पहिला पहिला उसले कविताहरु कोथ्र्यो। कोरिएका कविताहरु यसो मलाई देखाउथ्यो। उ व्यवस्थापन शास्त्रको विद्यार्थी, म नेपाली विषयको विद्यार्थी भएको नाताले उसले कोरेका कविताहरु कत्ति न जान्ने बुभ्mने भै जाँची टोपल्थे। मेरो जचाँई अनुसार उसका कवितामा भावनात्मक गहिराई चाही अलि नपुगेको हो कि जस्तो लाग्थ्यो। विषयवस्तुको उठान र त्यसप्रति गरिने वैयक्तिक टिप्पणी चाही राम्रो हुन्यो । तर शिल्पगत कमजोरी देखिन्थ्यो । यत्ति भन्न मलाई सजिलो लाग्थ्यो र भनिदिन्थे । 
 
तुलनात्मक रुपमा उसका गद्य विधा (कथाहरु) राम्रा थिए । कलेजमा पढ्दा नेपालीका गुरुहरुले भनेको के सम्झन्छु भने अरुले जे देख्छन् आपूmले पनि त्यही देख्नु सामान्य हो तर साहित्कारले अरुले नदेखेको कुरा देख्नु पर्छ । सामान्य व्यक्ति र साहित्यकारमा हुने फरक नै त्यही हो । कुनै कुनै कथाहरुमा हामी जस्ता सामान्य व्यक्तिले नदेखेका कुरा उसले देखेको पाएको थिएँ । संकेत राम्रै थियो ।
 
 
यही विचमा उ कतार एअरवेजमा जागिरे भएर मरुभूमितिर भास्सियो । त्यसपछि हाम्रो भेट बेलाबेलमा विद्युतीय पत्रमा हुन थाल्यो । स्वदेश आएको बेलामा उसले मलाई भेट्न छुटाउँदैनथ्यो । उसले त्यो बेला आफूले, गरेको विदेश भ्रमणका मजबूनहरु सुनाउथ्यो । किताबको रुपमा यसलाई किन ननिकाल्ने ? भन्ने विषयमा पनि छिटफुट चर्चा हुन्थ्यो । कोसिस उसले गरिरहेकै रहेछ। कलावादी दार्शनिक बेनेडिटो क्रोचेको भनाइ अनुसार कला हृदयमा हुन्छ । विधागत रुपमा आयो भने त्यो कलाको वाह्य प्रकटीकरण हो । हृदयमा उसको सोच पहिले देखि नै रहेछ । प्रकटीकरण चाँही उसले अहिले ग¥यो । हेरे अनि पढे आद्योपान्त । त्यो बेला हिड्थ्यो, दौडिन जानिहालेको चाँही थिएन । अहिले मलाई के लाग्यो भने उसले भाषाको डण्डी वियो खेलेर शव्दको भाचो कस्न जानिसकेछ । अब झारो र सिठो पनि कस्न जान्नु पर्छ उसले।
 
नियात्रा संग्रहमा संग्रहित ४३ वटा यात्रा वृतान्तहरु हेर्दा मलाई के लाग्यो भने उसले यात्रामा जे जति अनुभूत गरेको छ सबै कार्यालयीय प्रयोजन बाहेकका फुर्सदबाट गरेको हो तर म उसलाई कोस्न किन चाहन्छु भने उसले किन कम फुर्सद पाएको हो ? अनुभूत गर्दो हो र हामीलाई पनि रसास्वादन गराउँदो हो । यो भनेको पेट त भरियो तर मन भरिएन जस्तै हो । तैपनि उसले बाँकी विश्वका अझै धेरै ठाउँहरु जानु बाँकी नै छ जस्तो लाग्छ । म अब उसको अर्को संग्रहको प्रतीक्षामा छु । अब जाने ठाउँहरुमा चाँही अलि फुर्सद लिएर जाओस र अझै अनौपचारिक क्षणहरु अनुभूत गर्न पाओस अनि त्यसको चिची र पापा हामीलाई पनि बाँडोस् । 
 
प्रस्तुत संग्रहका यात्रा वृतान्तहरुमा वर्णित केही चरित्रहरुलाई म पनि सम्झना गर्नेछु । जस्तै गुजरातको महेश कुमार दास साम्पत, हवांगपुकी लानलान, पोल्याण्डकी ओला, वासीकी बुढी आमा, पागल प्रश्न गर्ने क्यानेडियन महिला र विनोदलाई प्रेम गर्ने बैंकककी रेवेका । रोस्लोमा फर्की फर्की ओलालाई भेट्न जाने विनोदले बैंककमा रेबेकाले डराएर आफ्नो कोठमा बोलाउँदा नगएको र आफैं विनोदको कोठामा आउँछु भन्दा नआउ भनी किन भनेको होला भनी अहिले पनि मलाई कुरी कुरी लागेको छ । 
 
महाभारतको कुरामा विश्वास गर्ने हो भने क्षत्रीयहरुले जुवा र युवतीको आमन्त्रणलाई अस्वीकार गर्नु भनेको त क्षत्रीय धर्मको विरुद्ध हो । तर यो समय भनेको महाभारतको समय होइन नि, कसो विनोद भाइ ? मलाई विशेष गरी हुवइ, केपटाउन, बुडापेस्ट, पोल्याण्ड, आमस्टरड्याम, वासी, टेक्सास, फिलिपिन्स, संघाइ, स्वटजरल्ल्याण्ड आदिका अनुभूतिहरु रोचक लागेका छन् ।
 
साथै उसँग मेरा गुनासाहरु पनि छन् । जस्तै –प्रस्तुत संग्रहमा उसले फुर्सदमा जति देख्यो, जान्यो, बुभ्mयो, भोग्यो त्यतिमात्र हामीलाई दियो । उ किन निर्धारित समयको शिकार भयो अथवा मज्जासँग फुर्सदिलो हुन किन सकेन ? यसले गर्दा नियात्राका क्षणहरु अपुरो, अधुरो, अझै केही नपुगेको जस्तो अझै केही हुनुपर्ने जस्तै लागिरहेको छ । त्यस्तै अर्को गुनासोमा नियात्राको डोरीको पोयोहरुको सिलसिला नमिलेको जस्तो लाग्यो । जस्तै कतै समय र स्थानहरु दोहोरिएर आउँदा काक्रो खादाखादामा अब मूला भए पनि हुनेमा फेरी काक्रो नै पाए जस्तो लाग्यो । बरु गाजर भए झन जाती पो हुने थियो कि ? मेरो अर्को गुनासो के छ भने उसले कतारलाई केन्द्रमा राखी त्यहाबाट गरिएका भ्रमणहरुलाई बढी प्रश्रय दिएको छ तर कतारको अनुभवलाई स्थान दिन कन्जुस्याई गरे जस्तो लागेको छ । आखिर बढी अनुभूति त कतारसँग पो गासिएको हुनुपर्ने होइन र ? जहाँ उ विगत एक दशक भन्दा बढी अवधि देखि कार्यरत छ ।
 
अन्तमा, फेरी एकपटक खुसी व्यक्त गर्दछु । अझै भियतनाम, कम्बोडिया, अष्ट्रिया, इजिप्ट र क्यानडाका भोगाई त उधारो देखिएको छ, कहिले चुक्ता गर्ने हो ? मैले नियात्रा संग्रह नहेरेको दशकौं भइसकेको छ । पहिले ताना शर्माको “बेलायत तिर बरालिदा” पढिएको थियो । पुस्तकको रुपमा कलेज पढ्दा पाठ्यक्रमको रुपमा रहेको ताना शर्माको “जमर्को” र रमेश विकलको “ सात सूर्य एक फन्को” बाहेक अरु पुस्तक शायद पढिएन कि ? पत्रपत्रिकामा निस्केका केही रोचक नियात्रा चाँही पढ्न छुटाएको छैन । धेरै पछि पढिएको भनेको यही पुस्तक हो  “ओला” । यसै मार्फत मैले विनोदसँगै २०५४ सालतिर स्वर्गद्वारी जाँदा बड्डाँडाको भिरालोमा छतभरी मान्छे राखी ब्याक भ्यू मिरर नभएको गाडीमा इन्जिनमाथि बसेका तरुनीहरुतिर फर्की फर्की कुरा गर्दै गाडी चलाउने गुरुजी, मास्तिर तारेभिर र तल्तिर सुसाँउदो राप्ती, वीच तिर सिटमा डरले कक्रेर बसेका हामी दुई भाइ र विनोदले जीवन विमा गरेको छ कि छैन दाई भनेर हेरेको टिकटको सम्झना पुनर्ताजगी भएर आयो । यसको लागि विनोद भाइलाई फेरी एकपटक धन्यवाद भन्नै पर्छ।

Comment