• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018

संबिधानको ब्यवहारिक रुपमै कार्यान्वयन आवश्यक

आर्थिक समृद्धि र बिकासका एजेण्डामा एक होऔ’ : प्रचण्ड

काठमाडौ, १५ जेठ । अहिलेकोे संबिधान नेपाल र नेपाली जनताका लागि बिशेष महत्व राख्ने भएकाले यसको ब्यवहारिक रुपमै कार्यान्वयन आवश्यक रहेको नेपाली काँग्रेसका सभापति एवं पूर्ब प्रधानमन्त्री  शेरबहादुर देउवाले  बताए ।
एघाराँै गणतन्त्र दिवसका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानद्धारा गणतन्त्र दिवसको संस्मरणमा ‘संबिधानको गतिशिलता र राजनैतिक दलको भूमिका’ बिषयक कार्यक्रमलाइ संबोधन गर्दै आयोजित दिवसका अवसरमा सभापति देउवाले  भने, ‘गणतन्त्रका कुरा गर्दा २००७ र २०४६ को आन्दोलनको योगदान पनि सम्झनु आवश्यक छ ।’
गणतन्त्रात्मक नेपालको पहिलो संविधान कार्यान्यवन चुनौतीपूर्ण मानिए पनि तीन तहको निर्बाचन सम्पन्न गरेर सफल कार्यान्वयनमा आइसकेको सभापति देउवाले थपे, ‘हामी पनि लोकतान्त्रिक शक्ति हौ भन्ने सरकारले ब्यवहारमा देखाउनुप¥यो ।’
गणतन्त्रको स्थापनापछि जनताको अभिमतले बनेको लोकतान्त्रिक सरकार भनिदै आएको प्रसङग उल्लेख गर्दै उहाँले विश्वास गर्न प्रजातन्त्रिक आचरण चाहिन्छ, त्यो देखाउनुस काँग्रेसको समर्थन सरकारलाइ रहने बताए ।
निर्बाचन भन्ने आउछन, जान्छन, कहिले जीत हुन्छ कहिले हार हुनु समान्य रहेको र लोकतान्त्रिक गणतन्त्रको स्थापना र कार्यान्वयन महत्वपूर्ण हो, त्यो भएको छ, यसलाइ हामीले राजनीतिक रुपमा जीत मानेका छौ ।’
सो कार्यक्रमका अवसरमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रजातन्त्रबादी र बामशक्ति एकभएर आउँदा सफलता प्राप्त गरेको भएको स्मरण गर्दै भने,  ‘अबको चुनौतिका रुपमा लिइएको आर्थिक समृद्धि र बिकासका एजेण्डामा पनि एक भएर जाऔ ।’ 
अध्यक्ष ‘प्रचण्ड’ ले लोकतान्त्रिक अभ्यास र संबिधान कार्यान्यवनको महत्वपूर्ण पक्ष निर्बाचन थियो, त्यो सबै  दल मिलेर ग¥यौ, अबको हाम्रो काम भनेको सुशासन र बिकासको बिकल्प नरहेकाले सबैको एउटै संकल्प र प्रतिबद्धता आबश्यक रहेको बताए ।
गणतन्त्र स्थापनाका लागि असाधारण परिस्थिति र अवस्थामा भएको १२ बुँदे सहमति नै आन्दोलनलाइ अघि बढ्ने परिघट्ना रहेको बताए ।
अहिले दुइ बामशक्ति एक भएको घट्नालाइ विभिन्न कोणबाट ब्याख्या गरिएको छ, त्यसो हुनुमा अब पनि देशले राजनीतिक अस्थिरता धान्नसक्दैन, स्थिरता दिनुपर्छ भन्ने सोचले गरिएको बताउदै उनले थपे, ‘कम्युनिष्ट मिल्दा लोकतन्त्र खतरामा पर्छ भन्ने सोच होला तर हामी सबै तोकतन्त्रका सहयात्री भइसकेका छौ, अब शान्ति र अधिकारभन्दा बाहिर जान सक्दैनौ ।’ 
लोकतन्त्र र शान्तिका लागि काँग्रेस – कम्युनिष्ट मिलेर ठूलै त्याग र जोखिम मोलेर लोकतन्त्र र परिबर्तन ल्याएका छौ, यी राष्ट्रलाइ सम्मान दिने खालका हुन भन्दै अध्यक्ष प्रचण्डले संबिधान कार्यान्वयनमा पनि सबै दल मिलेर जटिल खुट्किलो पार गरेको स्मरण गरे । 
सो कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले २०४७ को संविधानको अनुभवलाइ लिएर हामी गणतान्त्रिक संबिधानसम्म आएको बताउनुभयो । उहाँले थप्नुभयो, ‘राजनीतिक दल एकजुट हुँदाको परिणाम हो र यो जनताले ल्याएको संबिधान भएकाले यसको कार्यान्वयन गर्दा पनि जनभावनालाइ समेटेर अघि बढ्नुपर्छ ।’
पूर्व सभामुख नेम्वाङले यो संबिधान जनताको चाहना बमोजिम  देश र जनताको हितमा संसोधन गर्नसकिने र यो संबिधान सर्बस्वीकार्य भइसकेकाले सरकार होस या प्रतिपक्ष यसभन्दा बाहिर गएर केही गर्न नसक्ने बताए । 
उनले यो संबिधानलाइ अन्य सोच्ने ठाउ छैन, यो बनाउदा सबै दल एक ठाउमा उभिएका थियौ, यो जनताले स्वीकार गरेको र त्यो जनताभन्दा माथि केही र कोही पनि  नरहेको बताए । 
सो अवसरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा संविधान मस्यौदा समितिका अध्यक्ष कृष्णप्रसाद सिटौलाले यो गणतान्त्रिक संबिधान निर्माणमा करिव ७० बर्षको इतिहास र पृष्ठभूमि जोडिएको लोकतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्न बामपन्थी नेताको समेत योगदान रहेको बताए । 
पूर्व महामन्त्री सिटौलाले संघीय गणतान्त्रिक नेपालका लागि  आन्दोलन भएका  र त्यो हामीले कुनै  नेता तथा दलका लागि गरेको नभइ देश र जनताका लागि भएकाले सबैले सोच्नुपर्ने बताए । 
अहिले समृद्ध राष्टको निर्माणको अवधारणा चलिरहेको र त्यो लोकतान्त्रिक मूल्य मान्यतामा आधारित रहेर सत्तापक्षले शक्तिको प्रयोग गरोस भन्नुभयो । पूर्वमन्त्री भीमसेन दाश प्रधानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको बताए । 


 

प्रतिकृया दिनुहोस

"संसदमा सांसदको आक्रोश : करले ढाँड भाँच्यो"

काठमाडौँ, साउन । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद उमेश श्रेष्ठले देशव्यापी रुपमा स्थानीय तहले मनलाग्दी रुपमा कर वृद्धि गरेर

महिला विभेदविरुद्धको प्रस्ताव संसदमा पेश हुँदै

काठमाडौं । महिलामाथि हुने सबैखाले विभेदविरुद्धको प्रस्ताव निर्णयार्थ संसदमा पेश हुने भएको छ। संसद सचिवालयले जारी गरेको संभावित कार्यक्रमको दैनिक

नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

काठमाडौँ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र