• आज : Monday 20 November 2017
    1:11:53 NST

“भरतपुरलाई नमुना सहर र वैकल्पिक राजधानी वनाउनेछु” : मेयर रेणु दाहाल

भरतपुर महानगरपालिका । नवगठित महानगरको पहिलो निर्बाचन । पहिलो महिला मेयर । काँग्रेस — माओवादी गठबन्धनको हालसम्मकै उच्चतम पद । देशको ६ प्रदेशमै अधिक चर्चा पाएको र निकै रस्साकस्सीका साथ सम्पन्न भएको् निर्बाचन । उमेद्वारका हिसावले “रनिङ्ग प्राइममिनिष्टर” प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल । 
यी सबै संबोधनको गहन महत्व रहेको पद मेयरमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल निर्वाचित हुनुभएको छ । महानगरपालिकाको मेयरमा निर्वाचित दाहाल पहिलो महिला हुनुहुन्छ । देशभरका ६ महानगरमध्ये विरगञ्जमा निर्वाचन हुन वाँकी छ भने अन्य निर्वाचन भएका पाँच महानगरपालिकामध्ये एकको मेयरमा  पद ओगटन सफल पहिलो महिला । 
यस्तै, मेयरमा निर्वाचित रेणु माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी माहिली छोरी हुनुहुन्छ । परिवारमा श्रीमान, ससुरा, छोरी र छोरा रहेकी रेणुको श्रीमान् अर्जुन पाठक ब्यापारिक क्षेत्रमा क्रियाशिल  गर्नुहुन्छ । 
२०३४ असारमा  जन्मनुभएकी रेणु ०४६ सालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । माओवादी महिला संगठनकी महासचिव हुनुभएकी रेणु अहिले माओवादी केन्द्रको केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँले काठमाडौ जिल्लामा वसेर पार्टीको कामसमेत गरिसक्नु भएको अनुभव छ । 
पहिलो संविधानसभामा २०६४ सालमा समानुपातिकबाट सभासद रहिसक्नुभएको छ । नेकपा माओवादीले ०५२ सालमा जनयुद्धको तयारी गर्दै गर्दा रेणु चितवनस्थित मामा घरमा बसेर कक्षा १० मा पढ्नुहुन्थ्यो । प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएकी रेणुले भारतमा वसेर अखिल नेपाल भारतीय संगठनमा रहेर नेतृत्व सम्हालेको अनुभव छ । 
उहाँ विकट क्षेत्र सुदुर पश्चिम र मध्यपश्चिमका जिल्लाहरुमा वसेर द्धन्दकालमा पार्टी संगठन गर्नुभएको ब्यक्ति हुनुहुन्छ । साविक शिवनगर हालको भरतपुर महानगरपालिका १४ निवासी दाहाल २०५२ सालदेखि पार्टीगत राजनीतिमा लागेर भूमिगत जीवन बिताउनु भएकी मेयर रेणु दाहालसँग हाम्रा डेमोखबर प्रतिनिधि बसन्त पराजुलीले गर्नुभएको कुराकानीको अंश  : 
 
 प्रश्न : रेणुजी, भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित हुनुभयो, कस्तो महसुस गर्नुभएको छ ? 
उत्तर : यो जीतलाइ मैले जिम्मेवारीका रुपमा लिएको छु  । भरतपुर महानगरवासीले मलाई विश्वास गरेर पहिलो  मेयर वनाउनुभएको छ । जनताले जुन ढङ्गको ममता मप्रति दर्साउनुभयो यो म कहिलै विर्सने छैन । यो मेरो जीतलाइ मैले भरतपुर महानगरवासीकै जीतका रुपमा लिएको छु । यो विजयले भरतपुरलाई उत्कृष्ट शहर वनाउने आत्म विश्वास वढेको छ । 
 
प्रश्न : चुनावका वेला दलगत प्रतिस्पर्धामा तपाइँहरुवीचमा तिक्तता भएका होलान् । प्रतिपक्षीहरुलाइ कसरी मिलाएर लैजानुहुन्छ ? 
उत्तर : हेर्नुस, चुनावमा जित्ने एकजनाले हो । अव त्यसमा मलाइ महानगरवासीले विश्वास गर्नुभयो । मैले अव मलाइ भोट दिने र नदिने भनेर छुट्याएर हेर्ने छैन । दलगत चुनावमा एउटा दल (माओवादी केन्द्र ) वाट उमेद्वार वने अर्को दल (काग्रेस) ले मलाइ समर्थन गर्यो अव म चुनाव जीतेपछि सवै दलको भए । मसगै चुनावमा सहभागी हुनुभएका देवी जीलगाएत अन्य उमेद्वारहरुको पनि कुरा लिएर म महानगरको विकासमा अगाडि वढ्नेछु ।  
 
प्रश्न : भरतपुर महानगरपालिकाको विकासमा के — के काम गर्नुहुन्छ ?
उत्तर :   चितवन आफैमा ७६ औ जिल्ला हो । यहाको जनसमुदाय सचेत छन् । सुन्दर नगरी भरतपुरको विकास र समृद्धिमा मेरो ध्यान केन्द्रित गर्नेछु । केन्द्रिय स्रोत र साधनसँग जोडेर मैले भरतपुरलाइ एउटा नमुना शहर वनाउने जुन प्रण गरेको छु  त्यो पूरा गर्नेछु । 
भरतपुरलाइ नमुना विकाससहितको वैकल्पिक राजधानी वनाउने छु ।  यस्तै भरतपुरलाई ब्यवस्थित शहरीकरण गर्दै महानगरमा मेट्रो रेल, भरतपुर विमानस्थलमा रात्रीकालिन सेवा गराउने छु । भरतपुर अस्पताललाइ शिक्षण अस्पताल वनाउदै महानगरभित्र आफ्नै नगर अस्पताल वनाउने मेरो प्रतिवद्धता पूरा गर्नेछु ।  
पर्यटन विकासलाई टेवा पुर्याउन चितवन देखिने भ्यू टावर, आधुनिक मनोरञ्जन पार्क, हरेक वडामा वाल वगैचा र उद्यान निर्माणमा जोड दिनेछु । जनताका वसोवास भएका र सार्वजनिक सडकहरु कालोपत्रे गरिने छन् । 
महानगरपालिकामा भित्री र वाहिरी चक्रपथ निर्माण गरिने छ । सडक भौतिक पूर्वाधार महानगरको सापेक्षता अनुसार विकास गर्दै लगिने छ । नारायणी र राप्तीको तटवन्ध गरी उकास भएको जमिनको प्रयोगमा ल्याइने छ । यो विकास निर्माणमा मैले सम्पूर्ण भरतपुरवासीको सहयोगको अपेक्षा पनि गरेको छु । 

प्रश्न : अन्त्यमा महानगरवासीलाई केही भन्न चाहनुहुन्छ ? 

उत्तर : म सर्वप्रथम सम्पूण नगरवासीलाइ धन्यवाद दिन चाहन्छु । तपाइहरुले मतदान गरेर हामीलाइ जिताउनुभयो । त्यो मतलाइ हामी  खेर जान दिने छैनौ ।  महानगरको विकासमा नगरवासीसँगै मिलेर अगाडि वढ्ने विश्वास दिलाउन चाहन्छु ।   

Comment

Related News