• आज : Sunday 24 September 2017
    2:26:43 NST

जीवनकुरमार राईको ‘देश किन बनेन ?’ बजारमा

काठमाडौं, साउन । लेखक जीवनप्रसाद राइले लेखेको पुस्तक ‘देश किन बनेन’ बजारमा आएको छ । सो पुस्तकमा लेखकले कृषि पर्यटनबाटै नेपाल समृद्ध मुलुक बन्छ भन्ने आत्मबिस्वासका साथ भनेका छन् । लेखकले कृषिमा आधुनिकीकरण र कृषि पर्यटनको अभियान लिएर लामो समय देखि लेखक देशाटन गरेका छन् । 
आफूलाई मूलतः कृषि अभियन्ता भन्न रुचाउने लेखकले १३ बर्ष ’सिप्रेड’मा काम गर्दासामाजिक परिचालन , कृषि प्रबिधि र ग्रामिण बिकासको ब्यबहारिक पाटो बुझेर त्यहि बुझाई पुस्तकमा उतारेका छन् ।
पुस्तकमा देशका पचहत्तरै जिल्ला पुगेका लेखकले आफ्नो अनुभव र अन्य सामाजिक, राजनीतिक अवस्थाको मूल्यांकन पछी देश नबन्नुका कारणहरु पुस्तक मार्फत बाहिर ल्याउने प्रयत्न गरेको बताएका छन् । सांग्रीला बुक्सले बजारमा ल्याएको सो पुस्तकको मूल्य ३७५रहेको छ ।   

Comment