कोरियामा एक नेपालीको मृत्यु

काठमाडौं - दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बलकुमार राईको औद्योगिक दुर्घटनामा परी मंगलबार निधन भएको छ ।
राई मोरङको बेलबारी लक्ष्मीमार्गका बासिन्दा हुन् । दाना पकाउने भाँडामा ग्यास ओभर भएपछि पड्किँदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले पोलेर घाइते भएका थिए ।
सोमबार बिहान घटना भएपछि तुरुन्तै भुसान अस्पताल लगिए पनि राति दुई बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
राई इपीएसमार्फत तीन बर्ष अघि कोरिया गएका थिए । कान्तिपुरमा समाचार छ ।

मलेसिया कामदार पठाउने सरकारको चाहना कचल्टियो
काठमाडौं – मलेसियाले नेपाली श्रमिक पठाउने क्रम सुचारु गर्न पुरानै संरचना प्रयोग गर्नुको विकल्प नभएको निष्कर्ष सुनाएको छ । ‘भेन्डर’ बदल्ने श्रम

नेपाल–जापान बैठक, श्रमिक भर्ना अप्रिलदेखि
काठमाडौं । बिचौलियाको शोषणमा नपर्ने गरी नेपाली श्रमिक लैजान जापान तयार भएको छ । काठमाडौंमा बुधबार उच्चस्तरीय बैठकमा दुवै देश यसका लागि आवश्यक

राजदूत शेर्पालाई फिर्ता बोलाइयो
काठमाडौं । अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल
प्रतिकृया दिनुहोस