• आज : Tuesday 26 September 2017
    11:46:04 NST

बौद्धिक वर्गका अाम प्रवृत्ति केलाउँदा

केही समयअघि मिडियामा ‘बौद्धिक बहस र यसका आयाम’बारे चर्चापरिचर्चा भएको थियो । यस बहसमा हामीले युवाहरू पनि जोडियून् भन्ने ध्येयले त्यसै बहसमा जोडिँदै हाम्रा विचारहरू प्रस्तुत गरेका छौँ । बौद्धिकता त कपाल फुलेकाहरूको पर्यायजस्तो भएको छ, तथापि हामीले यहाँ बौद्धिक बहसका आम प्रबृत्ति  प्रस्तुत गरेका छौँ । 
 
१.सहरीया बौद्धिक ः
हाम्रा सबै बौद्धिक सहरकेन्द्रित छन् । हाम्रा बौद्धिकवर्गको नजरमा गाउँ अझै बहसमा पर्न सकेको छैन । ‘बौद्धिक हुनु भनेको गाउँ घरको कुरा नगर्नु हो’ भन्ने धारणा स्थापित भएको छ । लोक उक्तिको प्रयोग हुन छोड्यो । गाउँको कुरा गर्नेबित्तिकै ‘पाखे’ भइने डर छ । नेपालको गाउँ नै गाउँको देश भनिन्छ जहाँ अझै पनि अधिकांस त पुरानै अवस्थाको गाउँ नै छ । बौद्धिकहरूको बुद्धिविलासले समग्र देश समेट्नुपर्छ तर यहाँ गाँउलाई छोडेर सहरको भिडलाई मात्र बहसको केन्द्र बनाइएको छ । 
 
र अझै सहर उन्मुख टाउन त बेवास्तामै छ। पढेलेखेका मान्छेलाई गाउँमा उचित मञ्च नमिलेको हुन सक्छ । र ऊ बौद्धिक सक्रियताको लागि उचित मञ्चको खोजीमा सहर पसेको हुन सक्छ । गाउँमै बस्नुपर्छ भन्ने होइन । सहर बसेर पनि गाउँको लागि चिन्तन मनन गर्न सकिन्छ तर पुरापुर गाउँ भने बौद्धिक बहसको विषयमा परेको छैन जुन दुर्भाग्यपूर्ण हो । 
 
अर्कोतिर केचाहिँ भएको हुन सक्छ भने मिडियाले गाउँमै बसेर बौद्धिक ‘अगुवाइर्’ गरेको मान्छेलाई ‘बौद्धिक’को बिल्ला नदिएको हुन सक्छ किनभने उसले ‘बौद्धिक त टक्क महँगो टाई शुटमा महँगो होटेलमा टिभीमा रेडियो या पत्र पत्रिकामा मात्र हुन्छ’ भन्ने जानेको छ । अर्कोतिर यस्तो स्थापित गराइएको छ कि एड्स, एटोमिक बम्ब, न्यु वर्ल्ड अर्डर, लादेन, मोदी डक्ट्रिन जस्ता कुरा मात्र बौद्धिकताको विषय हुन् । 
 
गाउँका प्राचीन कलासंस्कृति लोप हुँदैछन् । के बौद्धिक वर्गले गाउँ हेर्नु हुँदैन  ? हाम्रा यी गाउँलाई डो¥याउने, गाउँका समस्यालाई उजागर गर्ने, हिम्मतका साथ बोल्ने गाउँ र सहरलाई जोड्ने बौद्धिकको अब खाँचो छ । रेमिट्यान्स, स्थानीय राजनीति, कृषि, पर्यटन किन बौद्धिकताको विषय बन्न सकिरहेको छैन  ? बुटवलका लागि बुटवलमै बोलिएको कुराले किन महत्व पाउँदैन  ? सिराहाका लागी किन सिराहामै बोलेर तरंग नहुने  ? काठमाडौँबाट बोले मात्र सुनिने तरंग देखिने किन  ? हुन त यसका अनेक पाटा होलान् । यी विषय बौद्धिकतासँग मात्र जोडिँदैन होला । 
 
त्यसकारण अब हामिकहाँ बौद्धिक सक्रियता गाउँमा पनि हुनुपर्छ । सहरमै होस् तर गाउँ लक्षित पनि बौद्धिक क्रियाकलाप होस् । गाउँ सहरोन्मुख हुँदै गएको अवस्थामा बौद्धिकको खबरदारी, सक्रियता बहुतै आवश्यक छ । सायद जुन दिन बौद्धिक बहस ५ तारे होटेल, सेमिनार, एनजिओ र विश्वविद्यालयबाट अलिकति बाहिर आउँछ गाउँ पनि देख्ला ।
 
२ अन्तराष्ट्रिय बौद्धिक 
जति विदेशी इस्युहरूमा चर्को बोल्न सक्यो त्यो त्यति ठूलो बौद्धिक मानिने एउटा मनोरोग छ नेपालमा । यो मनोरोगको पारंगत हुने प्रतिस्पर्धै छ । अन्तर्राष्ट्रिय सवालहरूमा मौसमी असर, मौसमी लहर देखिनु त ठिकै हो तर लगातार बेमौसमी भैरहनु र प्रवक्ता झैँ पैरवी गरिरहनुचाहिँ कति जायज हो  ? 
 
जस्तोः ट्रंपको उम्मेदवारीसँगै अनेक कोणबाट बहसहरू भए । उनका व्यक्तिगत, व्यवसायिक, आचरणगत र विगतका कुरा भए तर उनले राष्ट्रपति पदमा आखिर जितिनै हाले । अब त ट्रंपका नीति नियम र उनले जारी गरेका कार्यकारी आदेशहरूमा छलफल हुनुपर्ने तथा प्रभावहरूबारे बहसहरू हुनुपर्ने हो । यता मोदीले जितेर पनि ५ बर्षे कार्यकालको प्रभावशाली साढे तिन वर्ष सकिसके ।
 
 विदेशी लगानी भित्राउन नसकेको कारण, हिन्दूवादी कट्टर रुझानका कारण बढेको असहिष्णुता, असफल मुद्रा नीति (५००÷१०००को) लाई लिएर भारतमै उनको कार्यकाललाई असफल भनिसकियो । नेपालमा भने मोदीको उदय र त्यसको प्रभावबारे अझै चर्चा हुँदै छ । उत्तर कोरियाले अमेरिकालाई बम्ब हान्छ कि हान्दैन  ? 
 
आणविक हतियार अमेरिकासँग धेरै कि रसियासँग भन्ने नै यहाँका बौद्धिक माझ ठूलो चर्काचर्की पर्छ । आणविक बम्ब हाम्रो बहसको विषय हो कि होइन  ? हाम्रा बौद्धिक कस्ता कुरामा अल्झिरहेछन् । त्यस प्रकारका बहसमा जोडिँदा नेपाललाइृ कसरी फाइदा हुन्छ  ? क्युबा र अमेरिकाबीच भएगरेका उतारचढावले नेपालमा के प्रभाव पार्छ  ? पहिलो कुरो बस व्यक्तिगत प्रोफाइल बढाउन मात्र लेख्ने हो बौद्धिकले  ? दोस्रो कुरा यहाँ गरिने बहसले चर्चाले त्यहाँ के प्रभाव पर्छ  ? यहाँ पनि प्रभाव नहुने त्यहाँ पनि नहुने भएपछि ’लावारिस’ बहस किन गर्ने  ? तर यसो भन्दैमा सम्बन्धै नभएको देशको उतार चढावको यहा फिटिक्कै विमर्श हुनुहुँदैन भन्न खोजेको होइन, खालि त्यसलाई लावारिस नबनाऔं प्रभावी बनाऔं भनेको हो । 
 
कति मात्रामा ट्रंप, पुटिन, म्याक्रों अथवा अरू हाम्रा लागि विमर्शका विषय हुन्  ? पहिले त्यो निक्र्यौल गरौँ । बौद्धिकहरू बरु हाम्रा स्वदेशी सवालहरूलाई अन्तर्राष्ट्रियकरण गर्न लागे हुने । ‘राष्ट्रियलाई अन्तर्राष्ट्रियचाहिँ गर्न नसक्ने खालि अन्तराष्ट्रियलाई राष्ट्रिय’चाहिँ गराई रहने । अङ्ग्रेजी भाषा मिसाएर बोल्नेबित्तिकै बौद्धिक भन्छन्। तमाम अन्तर्राष्ट्रिय मुद्दा छन् हाम्रो देश भित्र ।
 
३. चर्को बौद्धिक :
एकथरी बौद्धिक यस्तो छन् जो अध्ययन अनुसन्धान गर्दैनन तर कसरी कसरी बौद्धिकचाहिँ देखिन भ्याउँछन् । तर कहिलेकाहीँ यही बौद्धिक वर्ग बहसभन्दा पनि तुरुन्त गालीमा उत्रिन्छन्। कतिपय त जानाजान चर्को हुन्छन्  । चर्को देखियो भने ‘धार’ बन्छ भनेर । विचार मन्थन नगर्ने तर तुरुन्तको तुरुन्तै सामान्य विवेकको आधारमा प्रतिक्रियात्मक हुनेहरूको विगविगी छ । पहिलो चरणको सुचनाको भरमै लामो गहिरो भविष्यवाणि गरिदिने ‘विज्ञताको शैली’ विकसित भएको छ । 
 
हुन त बौद्धिक हुनु भनेको पनि प्रारम्भिक अवस्थाको सुचनाको भरमा आफ्नो विज्ञता मिसाएर यसोयसो होला है भनेर अधिकतम् हुन सक्ने, नहुन सक्ने कुरा बताइदिनु हो । तर केहीचाहिँ गालि मात्र गर्न जान्दछन् । मिडियामा स्थान पाउन जानाजान ‘फरक’ भैदिनका लागि मसलाको खोजीमा हिँडिरहेका हुन्छन्  फलस्वरूप विपक्षीको सामान्य तर्कमाथि पनि उग्र उत्तेजित भइहाल्छन् । 
 
अर्को ‘अजिव बौद्धिक’ वर्ग छ जो हमेसा सरकारलाई गालि मात्र गरिरहन्छ । यो अजिव बौद्धिक वर्गले सधैँ र जहाँ पनि ‘राज्य’ दोषी देख्छ । बाटो बिग्रियो राज्यको गम्भीर भूल भन्दिइहाल्ने, पुल खस्यो राज्यको लापरवाही हुने, कसैले आत्महत्या ग¥र्यो राज्यको बेपरवाह भन्ने । राज्यका तत् तत् ठाउँमा साना साना इकाइहरू हुन्छन्  । पहिले ती जिम्मेवार हुन्छन्  ।
 
 अन्तिममा त राज्य नै जोडिन्छ जोडिन त । तर हाम्रा बौद्धिक जहाँ पनि सरकार र राज्यलाई नै दोषी दमनकारी, विभेदकारी देख्छन् । स्वयं सरकार राज्य प्रणाली बदलिसकेको छ तर हाम्रा बौद्धिकको सोच्ने लेख्ने तरिका बदलिन सकेन । उनीहरू आफूचाहिँ नबदलिने तर सरकार र राज्य प्रणालीचाहिँ पुरातन देख्ने गर्छन् । हो बौद्धिकको भूमिका भनेको नागरिकको स्तरबाट ‘प्रतिपक्षी’ भएर खबरदारी गर्नु हो नकि आलोचना गर्नु मात्रै । 
 
यी बौद्धिकको कुरा मान्ने हो भने हाम्रो राज्य असफल भएको मान्नुपर्छ । कन्ट्री फेलियर भएको मान्नुपर्छ तर अवस्था त त्यस्तो छैन । सरकारले राम्रो काम पनि त गरेको छ । राम्रो कुराको चर्चा गरिदिनुहुँदैन र  ? बौद्धिकहरूको कुरा सुन्दा सुन्दा यस्तो लागेको छ कि आजसम्म कुनै सरकार सफल भएको छैन । हामीकहाँ सरकार भनेको असफल मात्र छ भन्ने छ । 
 
हाम्रा बौद्धिकहरू निराशाको सौगात मात्र बाँडिरहेछन् । बौद्धिकहरूले सरकारलाई हमेसा कमजोर देखाइदिँदा त्यसले समाजमा के प्रभाव पार्छ त्यसतर्फ सोचेका छैनन् । आज हामीले हरेक ठाउँमा सरकार निकम्मा देख्नुको कारण त्यही हो ।
 
४. एनजिओ प्रबर्धित बौद्धिक
विदेश तिर एनजिओलाई राम्रो मानिन्छ । सोसाइटिबाट फन्ड गरेर पनि सोसल इस्युहरूमा लगानी गर्नु पर्छ भन्ने त्यहा जनस्तरकै सोचाइ हुन्छ । यहाँ हामीकहाँ भने एनजिओ भन्ने बित्तिकै सामान्य मान्छेले गलत सोच्छ । एनजिओ अलि बदनाम छ हामीकहाँ ।अहिले एनजिओ बौद्धिक उत्पादनको केन्द्र बनेको छ । एनजिओ अहिले हाम्रा बौद्धिकहरूको ठुलो मंच बनेको छ । हाम्रा बौद्धिकहरू कहिँ न कहिँ एनजिओसँग जोडिएका छन् । उनीहरू कुन स्तरको एनजिओसँग जोडिएका छन् त्यही स्तरको उनीहरू बौद्धिक मानिन्छन् । 
 
अलि ठूलै अन्तराष्ट्रीय एनजिओसँग सम्बद्ध छ भने उ ठूलै र अन्तराष्ट्रीय बौद्धिक कहलिन्छ । हैन सानै र नेपाली हो भने उ सानै बौद्धिक कहलिन्छ । यस प्रकारका बौद्धिकको काम एनजिओको प्रबक्ता हुनु हो । एनजिओको मुद्दाको प्रबर्धन गर्नु हो । राम्रो आम्दानि गर्नु हो । आइ एनजिओ बौद्धिकको हाइट र चुरीफुरी अलि बढी हुन्छ । अहिले त कस्तो छ भने समस्याको पहिचान पनि एनजिओले गर्ने, सहजीकरण र उठान पनि एनजिओले गर्ने अनि समाधान वा समाधानको उपाय पनि एनजिओले दिने । 
 
इस्युहरूको महत्व कम गराउन अनावश्यक बिदेशी शब्दजाल थोपारेको भान हुन्छ । हाम्रा बौद्धिकको काम हो उनीहरूको रिपोर्ट लेख्नु र फोरमहरूमा त्यस रिपोर्टको दरो प्रचार गर्नु । कतिपय एनजिओको काम नै फेरी बौद्धिक सम्बन्धि छ । एनजिओमा हाम्रा बौद्धिकहरू तलबी हुने हुनाले त्यहा भित्र उनीहरूको ’राय’को कदर भने हुँदैन ।
 
 दुनियाँको कुनै कुनामा सफल भएको कामको तौरतरिका यो देशको माटो हावापानी र अन्य संरचना अनुसार मेल खान्छ खादैन भन्ने नै नहेरी लादिएको कार्यक्रमहरूको माथिल्लो लेभलमा चर्चा गरिदिनु यिनीहरूको अर्को काम हो । कतिपय एनजिओले त बौद्धिक सक्रियताको मंच नै दिएका छन् । हो यहाँ नेर यो ठिक हो कि होइन भन्ने सवाल उत्पन्न हुन्छ । 
 
हाम्रा बौद्धिकहरू कतै कसैका प्रायोजित त छैनन् । तर एनजिओ प्रबर्धित बौद्धिक वर्गले प्रतिपक्षको भूमिका खेल्न सक्छ सक्दैन, त्यसका परिणामहरू केके छन् यी सब कुरा केलाई सक्ने बेला भने आइसक्यो । त्यो काम फेरी स्वयं बौद्धिककै हो।
 
५.दलीय बौद्धिक 
केहि ठूला राजनीतिक पार्टीसँग बुद्धिजीवी संगठन छन् । त्यो राम्रो पक्ष हो । पार्टीले आवश्यक परेको बेलामा सरसल्लाह लिन र पाटि नेतृत्वलाई नियमित सरसल्लाह दिइरहन यो संगठन बनाएको हुन्छ । बौद्धिकहरूलाई आफूतिर तान्दा नै पार्टीको सौन्दर्य बढ्छ ।
 
 तर छिर्ने बेलामै गुटको आधारमा छिर्ने हुनाले मूल पार्टीमा हुने गरेको किचलोको प्रभाव त्यहाँ पनि पर्छ । पार्टीको राष्ट्रीय अधिवेसनमा बौद्धिक संगठनबाट पनि प्रतिनिधि हुने भएकोले सदस्यता दिने बेलादेखि नै को कुन गुटको भनेर निर्धारण हुन्छ । 
 
यिनीहरूको काम पार्टीलाई सरसल्लाह अलि अलि दिनु त हुँदै हो मुख्य कामचाहिँ आफु निकटको नेताको गल्तीलाई सके ढाकछेप नभए आफ्नो भएभरको ज्ञान र सिप प्रयोग गरेर बैध तुल्याउने प्रयास गर्ने हो । यसरि लाग्ने बौद्धिकहरूको अन्तिम उदेस्य भनेको परिषदहरूमा, राजदुतहरूमा, प्रतिष्ठानहरूमा, आयोगहरूमा, विश्वविद्यालयहरूमा प्रमुख पद अथवा हैसियत अनुसारको नियुक्ति खानु रहेछ छ । 
 
कतिपय त मंत्री तथा प्रधानमन्त्रीको सल्लाहकार पनि हुन पुग्दछन् । पार्टीगत बुद्धिजीवीको काम माथि उल्लेखितबाहेक सिद्दान्तअनुरूप दस्तावेजहरू लेख्नु, चुनावी घोषणा पत्र लेख्नु, नीति तथा कार्यक्रम तय गर्नु जस्ता रहेका छन् । आन्दोलनको दौरान चर्का नाराहरू बनाउनु पनि यिनीहरूको काम हो । पार्टीगत बुद्धिजीवीमा दल बदल गर्ने रोग पनि छ । एउटा पार्टीमा रहदा आफैँले लेखेको दस्ताबेजको अर्को पार्टीमा जादा विरोध गरेको पनि पाइयो । 
 
यी बुद्धिजीवीको अधिकांश समयचाहिँ पार्टीको मुद्दामा छलफल गर्ने नभएर अर्को पार्टीको मुदाको विरोध गर्नु रहेको छ । नेपालमा कम्युनिस्ट पार्टीहरू बढिरहेकोले तुलनात्मकरूपमा वामपन्थी बुद्धिजीवी बढी छन् । राजनीतिक बुद्धिजीवीको मुख्य काम भनेकै पार्टीको निर्देशन शिरोपर गर्दै काम गर्नु नै रहेको छ ।
 
५.सर्वज्ञ बौद्धिक
 हाम्रा बौद्धिकहरूको अर्को रोचक र मौलिक बिशेषता के भने उनीहरू सर्बज्ञ हुन, सब कुरा जान्दछन् । सबैतिर भ्याएकै छन् आखिर । असिमित ज्ञानका भण्डार जस्ता भएर प्रस्तुत हुन्छन् । पहिलो ४ बर्षे संबिधान सभाको कार्यकालदेखि दोस्रो २ बर्षे अवधि सम्म संबैधानिक ज्ञाताको बिगबिगी नै भयो यो देशमा । 
 
जो पनि संविधानको विश्लेषक । पछि गएर तिनै संबैधानिक ज्ञाताहरू फेरी भुकम्पका ज्ञाता भए, अलि पछि नाकाबन्दीका ज्ञाता पनि हुन भ्याए । हामि भुपरिबेष्टित देशका नागरिकले जान्नु पर्ने अधिकार को बहस खै? हाम्रा बौद्धिकमा कस्तो अचम्मको लचकता छ बने तुरुन्ताका तुरुन्तै जे कुराको मौसम छ त्यसैको ज्ञाता भैदिने । जे भेट्यो त्यसैमा बौद्धिकता छर्न खोज्ने । 
 
आफ्नो विज्ञता र सिमितता के हो त्यो बिर्सिने । प्राय बौद्धिकताको विषय सार्वजनिक  विषय हुने र तुलनात्मकरूपमा कानुनको क्षेत्र फराकिलो हुने हुनाले कानुनि पृष्ठभुमि भएका बौद्धिक वर्ग सबैतिर बोल्नु उचितै होला तर अरूहरू पनि सबैमा आफ्नो ‘राय’ दिइरहेका हुन्छन् । हुनत बौद्धिक भनेकै आफ्नो विज्ञता र संलग्नता भन्दा माथि र पर रहेर बोल्ने अथवा त्यो मिसाएर पनि, आफ्नो प्रोफेसनल ज्ञानको आधारमा अर्को विषयमा सम्भावित यो वा त्यो कुराहरू गर्ने, जायज छ तर अलोकप्रिय छ भने पनि आवाज उठाउने, फेसन भन्दा फरक कुरा गर्न पछि नहट्ने भन्ने नै हो । 
 
तर हाम्रा बौद्धिकहरू जताततैको सर्बज्ञ हुदा हरेक कुरा पातलो हुने गरेको छ। ऋनि यस्तो हुदा उनीहरूको रायमा विश्लेषणमा कुनै दम नहुने । एकातिर सर्बज्ञ हुने बानि छ भने अर्काेतिर अन्दाजको भरमा बोल्ने बानी छ । या त ’मलाई लाग्छ’बाट सुरु हुने यात अन्त हुने । केको आधारामा लागेको हो त त्यो फेरी नबताउने, नखुलाउने । एकदम ठ्याक्कै हुनुपर्नेमा पनि हाम्रा बौद्धिकहरू लागेको भरमा, अन्दाजको भरमा प्रस्तुत भैरहेका हुन्छन् । बृहत अध्यन अनुसन्धान चाहिने ठाउँमा पनि ’लागेकै’ लेखिरहेका हुन्छन् । केहि यस्तालाई पनि बौद्धिक मान्नुपरेको छ जो समाचारमा आधारित रहेका छन् । 
 
यस प्रकारका बौद्धिकहरू विदेश बस्छन् । नियमित समाचार पढ्छन् । सामाजिक संजालको बहाव हेर्छन । कुनै बेला नेपाल बसेकै थिए अनि लेख्छन्, बोल्छन् । यो सब भन्दा झुर प्रकारको बौद्धिक हो । समाचारको तह भन्दा माथि र गहिरिएर नसोच्ने बौद्धिक हो यो । यिनीहरू डिग्रिको भरमा, चर्चित विश्वविद्यालयको नामको छायाँमा भएका बौद्धिक हुन । यिनीहरूको स्रोत सोझै समाज हुँदैन बरु किताब, मिडिया र रिपोर्ट हुन्छ । अर्को एउटा ठूलो भ्रम हामीकहाँ के छ भने बिज्ञतालाई नै बौद्धिकता मान्ने । त्यसै भएको हुनाले हामीले अधिकांस स्थितिमा पिएचडी गरेकालाई स्वतः बौद्धिक मान्ने गरेका छौ । 
 
नेपालको पिएचडी सम्मको थेसिस सोझै किन्न र खेताला लगाएर लेखाउन सकिन्छ भन्ने छ । नेपाल त्यस्तो देश हो जहाँ कक्षा ८ देखि, इञ्जिनियरिङ्ग एमफिल र एमडि (मेडिसिन) सम्मको प्रश्न पत्र ‘आ

Comment

Related News