• आज : Wednesday 17 January 2018
    2:56:18 NST

सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

झापा, ८ मंसिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको लखनपुर–१ सीतापुरीस्थित सडकखण्डमा दुईवटा मोटरसाइकल जुध्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मे ३ प ७६३६ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे २ प ५५४५ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा २५ वर्षका सचिन राईको ज्यान गएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा अर्का मोटरसाइकलका चालक लखनपुर–५ का सुरेस माझी गम्भीर घाइते भएका छन् । घाइते माझीको विराटनगरस्थित न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

Comment

Related News