• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

सोमबार हुँदै तीन भिडन्त, अहिलेसम्मको यस्तो छ नतिजा

पहिलो चरणको आज राति सकिँदै

काठमाडौं, असार  । पहिलो चरणको विश्वकप फुटबल खेलहरु सोमबार राति सकिँदैछन् । पहिलो खेलमा समुह एफ बाट साँझ पौने ६ बजे स्वीडेन र दक्षिण कोरिया भिड्दै छन् । 
त्यस्तै समुह जी का खेलमा बेल्जियमले राति ८ः४५ बजे पानामासंग खेल्दैछ भने राति ११ः४५ बजे इंगल्याण्डले ट्युनिसियासंग खेल्नेछ । 
अहिलेसम्म समुह ए मा रुस र उरुग्वे विजयी भएका छन् भने इजिप्टले उरुग्वेसंग र साउदी अरेबियाले रुससंग हार बेहोरेको छ ।  अहिलेसम्म रुसले साउदीलाई ५–० ले हराएको गोल नै सबैभन्दा ठूलो फराकिलो अन्तर हो । 
समुह बी को खेलमा इरानले मोरक्कोलाई १–० ले हरायो भने पोर्चुगल र स्पेनले ३–३ को बराबरी खेले । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले जारी प्रतियोगितामा पहिलो ह्याट्रिक गरे । 
समुह सी को खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले तथा डेनमार्कले पेरुलाई १–० ले हरायो । 
समुह डी को खेलमा क्रोएसियाले नाइजेरियालाई २–० ले हरायो भने अर्जेन्टिना र पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले १–१ को बराबरी खेले । 
समुह इ को खेलमा सर्बियाले कोस्टारिकालाई १–० ले हरायो भने ब्राजिल र स्वीट्जरल्याण्डले १–१ को बराबरी खेले । 
समुह एफ को खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसंग १–० ले पराजित भएको छ । कोरिया र स्वीडेन सोमबार खेल्दैछन् । 
त्यस्तै समुह जीका खेलहरु पनि सोमबार हुँदैछन् । अहिलेसम्म जर्मनी र अर्जेन्टिनाको खेलको परिणामलाई अनपेक्षित भनिएको छ । 
 

प्रतिकृया दिनुहोस

आज मन्त्रिस्तरीय छलफल, प्रधानमन्त्रीबाट उद्घाटन 

काठमाडौँ – आप्रवासी श्रमिकका साझा स्वार्थ र चासो तथा सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ मा आबद्ध एसियाका १२ मुलुकको छैटौँ बैठकमा

"सरकारका निर्णय सुनाउन अब हप्तैपिच्छे पत्रकार सम्मेलन "

काठमाडौं, कात्तिक  । सरकारले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न हरेक हप्ता पत्रकार सम्मेलन गर्ने भएको छ । सरकारका प्रवक्ता एव‌ं सूचना तथा

देशभर जाडो बढ्यो : 'वर्षा र हिमपातको सम्भावना बढ्यो '

काठमाडौँ, कात्तिक । मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ