• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

विश्वकपमाथि विविध विश्लेषण

यतिबेला रुसाका विभिन्न  ११ शहरका १२ वटा रंगशालामा विश्वकप फुटबलको समुह चरणका खेलहरु भइरहेका छन् । खेल शुरु भएसँगै यो टिमले जित्ला, यसले गोल्डेन बुट पाउला, यस्तो प्रदर्शन साह्रो फितलो रह्यो लगायतका अड्कलबाजी काट्न थालिएका छन् ।  विभिन्न समुहमा रहेका टोलीले आफ्नो भरपूर प्रयास गरेको देखिन्छ । विश्वकमा छनोट भएका ३२ टिमले समुह चरणमा ४८ वटा खेल खेल्ने छन् । फाइनल खेलसम्म पूग्दा जम्माजम्मी ६५ वटा खेल हुनेछन् । १४  जुनबाट शुरुभएको खेल १५ जुलाईमा समापन हुनेछ ।

 

समुह चरणको पहिलो खेलमा नै शक्तिशाली मानिएका राष्ट्रहरुको फितलो प्रदर्शन र डेब्यु राष्ट्रको शानदार प्रदर्शनले अनपेक्षित परिणाम आउने भन्नेहरुको पनि कमी छैन । यस पटकको विश्वकपमा साविक विजेता जर्मनी, उपविजेता अर्जेन्टिना, ब्राजिल, स्पेन, पोर्चुगल, फ्रान्स, पोल्याण्ड, स्वीडेन, उरुग्वे लगायतका ३२ टोली समावेश छन् । प्रत्येक समूहमा ४ टिम छन् । उनीहरुले प्रि–क्वाटर फाइनल पुग्न आफ्ना समुहका सबैसँग एक–एक पटक प्रतिस्पर्धा गर्नेछन् ।

 

समूह ‘ए’ मा आयोजक रुस, उरुग्वे, इजिप्ट र साउदी अरेबीया समावेश छन् । समुह ‘बी’ समूह बीमा स्पेन, पोर्चुगल, मोरोक्को र स्पेन समावेश छन् । समुह ‘सी’मा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क समावेश छन् । समुह ‘डी’मा साविक उपविजेता अर्जेन्टिना, क्रोयसिया, आइसल्याण्ड र नाइजेरिया समावेश छन् ।

 

समूह ‘इ’ पाँच पटकको विश्वकप विजेता ब्राजिल, स्वीजरल्याण्ड, कोस्टारिका र सर्विया छन् । यसैगरी, समुह ‘एफ’मा जर्मनी, मेक्सीको, स्वीडेन र दक्षिण कोरिया समावेश छन् । त्यसैगरी समूह ‘जी’ मा इंगल्याण्ड, बेज्लियम, पनामा र ट्यूनिशिया समावेश छन् । र समुह ‘एच’मा पोल्याण्ड, कोलम्बिया, जापान र सिनेगल समावेश छन् ।

 

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ । व्यक्तिगत रुपमा अब्बल खेलाडी भएकै कारण बेल्जियम, अर्जेन्टिना, पोर्चुगल र इंग्ल्यान्डको पनि सम्भावना रहेको छ । यही विश्वकपदेखि आइसल्याण्ड र पानामाले डेब्यु गरेका छन् । विश्वकपमा दमदार प्रदर्शन गर्र्र्ने फाइनल र सेमिफाइनलिष्ट नेदरल्याण्ड्स, चिली, वेल्स जस्ता राष्ट्रले यसपटकको विश्वकप खेल्ने अवसर पाएनन् ।

 

प्रतिकृया दिनुहोस

चीन भ्रमण सफल, दाबी अब देखिनुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओली  चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वेदश फर्केपछि  भ्रमण उद्देश्यभन्दा बढी उपलब्धिमूलक रहेको ब्यत्त गरे ।

अब 'बिपना बन्दै' रेलमार्गको सपना

नेपालीका लागि रेल हेर्न कि त जनकपुर नै पुग्नुपथ्र्यो । कि त भृकुटीमण्डपमा प्रदर्शनीमा राखेको नै । अब नेपालीका लागि त्यो अबस्था नरहने पक्का भएको छ ।

चीन भ्रमणको चर्चा : 'सफल भए समृद्धि'

प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि छदिन  छिमेकी  मुलुक चीनको राजकीय भ्रमण गर्दैछन । यसअघि १४ चैत २०७२ मा ओलीले चीनसँग व्यापार तथा पारवहन