• आज : Wednesday 17 January 2018
    3:00:54 NST

योगगुरु रामदेव काठमाडौंमा

काठमाडौं, ७ मंसिर ।  भारतीय योग गुरु रामदेव काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, पन्तजली योगपीठ नेपालका शालिग्राम सिंहले नेपाली ढाका टोपी र खादा लगाएर स्वागत गरे।
वीरगन्जमा योग शिविर सन्चालन गर्न नेपाल आएका रामदेवलाई नेपाली ढाका टोपी र बुद्धमार्गीहरुले पहेलो खादा लगाइदिएर स्वागत गरेका हुन। ढाका टोपी र खादा लगाएको फोटो ट्वीटरमा पोष्ट गर्दै योग गुरु रामदेवले आफू माता सीता र गौतम बुद्धको पवित्र धार्मिक भूमिमा योगाका लागि पुगेको जनाएका छन्।
 
रामदेव वीरगन्जमा योग शिविर चलुन्जेल सिमराको नवनिर्मित इच्छा होटलमा बस्नेछन्। यसअघि २०७२ वैशाखमा काठमाडौंमा रामदेवले योग शिविर सञ्चालन गरेका थिए।

Comment

Related News