• मंगलबार ५-५-२०७५/Tuesday 08-21-2018

कर्मचारीको तलब बढेन, भत्ता हजार बढ्यो

काठमाडाैं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ काे बजेटमा सरकारी कर्मचारीको तलब बढाएकाे छैन ।  तर,  भत्ता भने १ हजार रुपैयाँले बढाएको छ । मासिक महंगी भत्ता बढाएको हो । तलव सुविधा पुनरावलोकनका लागि तलव सुविधा पुनरावलोकन गर्न तलव आयोग गठन गर्ने सरकारले जनाएको छ ।
तलव बढाउनुपर्ने माग राख्दै बजेट तयारीको अन्तिम समयसम्म पनि निजामती ट्रेड युनियनहरूले सरकारलाई दबाब दिँदै आएका थिए । सरकारले दुई वर्षअघि सरकारी कर्मचारीको तलव बढाएको थियो । त्यतिखेर सरकारले आधारभूत तलवमा २५ प्रतिशतले वृद्धि गरेको थियो ।
सरकारले मूल्यवृद्धि सूचकांक हेरेर राष्ट्रसेवक कर्मचारीको तलव पुनरावलोकन गर्दै आएको छ । पछिल्लो १० वर्षको अवधिमा सरकारले ६ पटकसम्म तलव पुनरावलोकन गरेको छ । सरकारले ०६५, ०६६, ०६८, ०७०, ०७१ र ०७३ सालमा कर्मचारीको तलव वृद्धि गरेको थियो ।
हाल कर्मचारीले अधिकतम १२ शिर्षकमा २०० प्रतिशतभन्दा बढीसम्म भत्ता पाउँदै आएका छन् । तलव बढाउनुपर्ने माग गर्दै आएको निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनले निजामती कर्मचारीको तलव झण्डै दोब्बरले वृद्धि गर्न अर्थमन्त्रीसमक्ष माग गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

"संसदमा सांसदको आक्रोश : करले ढाँड भाँच्यो"

काठमाडौँ, साउन । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद उमेश श्रेष्ठले देशव्यापी रुपमा स्थानीय तहले मनलाग्दी रुपमा कर वृद्धि गरेर

महिला विभेदविरुद्धको प्रस्ताव संसदमा पेश हुँदै

काठमाडौं । महिलामाथि हुने सबैखाले विभेदविरुद्धको प्रस्ताव निर्णयार्थ संसदमा पेश हुने भएको छ। संसद सचिवालयले जारी गरेको संभावित कार्यक्रमको दैनिक

नीति तर्जुमा र कार्यान्वयनमा श्रम मन्त्रालय

काठमाडौँ  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार, श्रमिक समस्या, सामाजिक सुरक्षालाई व्यवस्थित र भरपर्दो बनाउन नीति तर्जुमा र