• शुक्रबार ४-४-२०७५/Friday 07-20-2018

एसएलसी प्रिन्सेस बनिन् रुची

काठमाडौं । सिजन मिडियाले आयोजना गरेको ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस–२०१८’ ताज धनकुटाको तुलसीमेहर स्कुलबाट एसइई परीक्षा दिएकी १६ वर्षिय रुची धितालले जितेकी छिन् । धितालले २४ प्रतियोगीहरुलाई पछि पार्दै ताज चुम्न सफल भइन् । त्यसैगरी, काठमाडौंको रोजवर्ड स्कुलबाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हात पारिन् भने उनले विधागत तर्फको ‘वेष्ट स्कीन अवार्ड’ पनि आफ्नो पोल्टामा पारिन् ।

 

त्यसैगरी सेकेण्ड रनरअपको ताज पुष्पसदन स्कुलबाट एसईई दिएकी पाल्मा लामाले जित्न सफल भइन् भने उनले विधागत तर्फ मिस फिटनेशको पनि अवार्ड हात पारिन् । थर्ड रनरअप रिया खड्गी भइन् भने उनले लिडरसिप अवार्ड र वेष्ट पर्सनालिटि अवार्ड पनि जित्न सफल भइन । फोर्थ रनरअपको उपाधि नाम्दु सेर्पाले जितिन् ।


विधागततर्फ प्रेरणा भट्टराईले ‘मिस ट्याल्ेन्ट’ र वेष्ट वाक को उपाधि हात पारिन् । त्यस्तै, श्रेर्या भट्टले मिस पपुलर, विन्जु थापाले मिस क्रिएटिभको उपाधि पोल्टामा पार्दा निसा श्रेष्ठले भियोर्स च्वाइस र मिस फेन्डसिप अवार्ड हात पारिन् । त्यस्तै मिस फोटोजेनिक सन्तृप्ती रेग्मी, मिस एकाडमी अवार्ड आरुघाट गोरखाकी आयुसा श्रेष्ठले जित्न सफल भइन् । त्यसैगरी, सफलता वुढाथोकीले मिस हेल्दी स्माइल, अस्मिता पन्जियार मिस डिसिप्लेन, सौजना तामाङ बेष्ट हेयर, फेसबुक लाइक सलिना भुषाल, मिस पङ्चुवालिटि निरजल पौड्याल र मल्टिमिडिया अवार्ड र अर्गनाइजर च्वाइस झापाकी आकांक्षा पाठक घोषित भए ।


प्रतियोगिताको निर्णायकमा  हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युतराज पहाडी,  क्याम्पियन एकाडमीका सिनियर कोओडीनेटर रिजेश श्रेष्ठ, सेफ्टी सेनेटरी प्याडकी व्राण्ड म्यानेजर स्वर्णीमा राजभण्डारी, सुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ, सिम्रिक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मिता खनाल लगायत रहेका थिए ।


प्रतियोगितामा  विजेता रुची धितालले ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८’ कोे ताज र उपाधि सहित ४७ हजार मुल्य बराबरको ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रावृक्ति साथै विभिन्न उपहारहरु हात परिन् ।

 

त्यसैगरी, फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा स्माट मोवाइल फोन र नामि कलेज र क्याम्पियन कलेजमा रु १ लाख बराबरको छात्रावृत्ति साथै बिजेता ३ जना विजेताले ५ दिने बैंकक भ्रमणको अवसर हात पार्न सफल भए । सम्पूर्ण प्रतियोगिहरुलाई हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा ५० प्रतिशत छात्रावृत्ति र सेफ्टी सेनेटरी प्याडको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरे । त्यसैगरी उनीहरुले हेयर प्याक र लेटमीइनको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

 

प्रतिकृया दिनुहोस

स्विमिङ पुलमा मनुसन फेशन परेड

काठमाडौं । इभेन्ट बेटर ग्यालेक्सीले यो वर्षको मनसुनको अबसर पारेर आगामी २६ जेठमा राजधानीको सानेपास्थित इन्टरनेशनल क्लब पुल साईटमा मनसुन फेशन परेड शो

‘सुश्री सम्पत्ति’का लागि सुव्रतको दौडधूप

काठमाडौं, १५ जेठ । सञ्चारकर्मी सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको फिल्म ‘सुश्री सम्पत्ति’ भाद्र २२ मा प्रदर्शन हुने भएको छ ।  निर्माण टिमले