• सोमबार १०-७-२०७५/Monday 01-21-2019

आइडिएबाट करीब १५ मिलियन अमेरिकी डलरको सहायता स्वीकार

रासस अध्यक्षमा अधिकारी र नेटिभीमा डा विष्ट

फायल तस्बिर


काठमाडौँ, ३१ जेठ  । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को  बैठकले राष्ट्रिय समाचार समिति (रासस ) को कार्यकारी अध्यक्षमा हरिहर अधिकारी (श्यामल) लाई नियुक्त गरेको छ । 
 त्यसैगरी,  आजको बैठकले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षमा  डा. महेन्द्र विष्टलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 
बैठकले एशियाली विकास बैंक (एडिबी ) का वैकल्पिक निर्देशकबाट डा. सोमलाल सुवेदीलाई फिर्ता बोलाउँदै उक्त स्थानमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ । 
बैठकले संघीय संसद्को संयुक्त बैठक र कार्यसञ्चालन नियमावली २०७५ पारित गर्ने प्रयोजनका लागि संघीय संसद्को दुवै सदनको संयुक्त बैठक असार ३० गते अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 
नेपाल सरकार र चीन अन्तर्राष्ट्रिय विकास सहायता नियोगबीच मानव विकास सहायतासम्बन्धी समझदारी गर्ने तथा नेपाल सरकार र चीनको द नेशनल डेभलपमेण्ट एण्ड रिफर्म कमिसनबीच उत्पादन क्षमता विकासका लागि लगानी र सहयोगसम्बन्धी समझदारी गर्ने तथा जापान सरकारबाट प्रोजेक्ट फर हुयमन रिसोर्स डेभलपमेण्ट स्कलरसिपअन्तर्गत प्राप्त हुने करीब रु २७ करोड ५५ लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ । 
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र चाइना कम्युनिकेशन कन्ट्रक्सन कम्पनीबीच सम्पन्न हुने मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ एण्ड कोअपरेशनलाई स्वीकृत गर्ने र उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न सम्बन्धित मन्त्रालयले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । 
नेपालको संघीय प्रदेश तथा स्थानीय तहमा रहेका सार्वजनिक वित्त तथा खरिद व्यवस्थापनमा संलग्न संस्थाहरुको प्रणाली तथा कार्यविधिलाई सरलीकरण र प्रभावकारी बनाउने उद्देश्य राखी विश्व बैक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाको आइडिएबाट करीब १५ मिलियन अमेरिकी डलर बराबरको सहायता स्वीकार गर्ने र त्यसका लागि सरकारका तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । 
बैठकले पावरग्रिड इन्टरकनेक्सन सम्भाव्यता अध्ययन गर्न नेपाल विद्युत् प्राधिकरण तथा स्टेट ग्रिड कोअपरेशन अफ चाइनाबीच सहायता सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय भएको छ । 
त्यस्तै सदर चिडियाखानामा रहेको भारतको एक भालु साइटिस सन्धि अनुसार सोही देशलाई नै फिर्ता गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । 

प्रतिकृया दिनुहोस

पार्टीमा मुल्याङ्कन हुनुपर्छ : बरिष्ठ नेता पौडेल

  स्याङ्जा ।  पार्टीमा मुल्याङ्कन नहुदा कमजोर बन्दै गएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । कार्यकर्तासगँको

आइसियू बाहिर सार्न डा केसीको अनुरोध

काठमाडौं ।  तीनदेखि शिक्षण अस्पतालमा उपचाररत डा गोविन्द केसीले आफूलाई आइसियू बाहिर सारिदिन अनुरोध गरेका छन्। आफूले 'बेड अकुपाई' गर्दा आइसियू

जनतालाई न्यायको अनुभुति गराउन छायाँ सरकार

काठमाडौं । सरकारका पछिल्ला गतिविधिलाई सुक्ष्मरूपमा अध्ययन गर्न नेपाली कांग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिएको छ । अबको दुर्इ तीन दिनमा छाँया