• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

प्रदेश ४ : भोलि ४ बजे प्रदेशको बजेट सार्वजनिक गरिदै

आज दुई विधेयक पारित

पोखरा, ३१ जेठ । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक पारित भएको छ । 
आजको बैठकमा दुवै विधेयकमाथि दफाबार छलफलपछि आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्ताव सभाले पारित गरेको हो । 
यसअघि पहिलो विधेयकमाथिको छलफलमा मीनप्रसाद गुरुङ, मेखलाल श्रेष्ठ, चन्द्रबहादुर बुढा, कृष्ण थापा, विन्दुकुमार थापार दोबाटे विश्वकर्माले राजश्व चुहावट नियन्त्रण हुनुपर्नेमा जोड दिए । 
त्यस्तै प्रदेश वित्त व्यवस्थापन गर्न बनेको विधेयकमाथिको छलफलमा धनञ्जय दवाडी र मणिभद्र शर्माले भाग लिँदै यस विधेयकले बजेटको कार्यान्वयन गर्न सहयोग पुग्ने धारणा राखे । प्रदेशभाको अर्को बैठक शुक्रबार अपराह्न ४.०० बजे बस्नेछ । 


 

प्रतिकृया दिनुहोस

"चीन भ्रमण उपलब्धिमूलक र प्रेरणादायी बन्यो "

बेइजिङ (चीन), असार  । प्रधानमन्त्रीले गरेको यो चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले

रामचन्द्र पौडेल भने : नेपालमा कम्युनिष्ट शासन होइन पक्षपाती शासनको सुरु

काठमाडौं, असार ।  जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले

"चुनौतीको सामना गर्न सशक्त ढंगले अघि बढ्ने संकल्प"

हेटौँडा, असार । मकवानपुरको हेटौँडामा भएको नेपाली कांग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न