• शुक्रबार ३-८-२०७५/Friday 06-22-2018

सुष्मा स्वराजले माफी मागिन्

सुष्मा स्वराजले माफी मागिन्

काठमाडाैं, १५ जेठ । जनकपुरबासीलाई भारतीय भनेर विवादास्पद अभिव्यक्ति दिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् । उनले आफूबाट गल्ती भएको भन्दै टि्वटरमार्फत् माफी मागेकी हुन् ।
नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई उनले भारतीयलाई सम्बोधन गरेको बताएकी थिइन् । उनले आफ्नो सम्बोधनको भिडियोसमेत राख्दै लेखेकी छन्, ‘मेरो तर्फबाट यसमा गल्ती भयो । म इमान्दारीका साथ यसमा माफी चाहान्छु ।’
विदेश मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा स्वराजले भनेकी थिइन्, ‘नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौंलाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सीधै जोड्ने काम गर्नुभएको छ ।’ भारतीय प्रधानमन्त्री मोदीले गत वैशाख अन्तिम साता नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गर्दै नागरिक अभिनन्दनका क्रममा रंगभूमि मैदानमा सम्बोधन गरेका थिए । सो सम्बोधनको आयोजना प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले गरेको थियो भने प्रदेश २ का विभिन्न जिल्लाबाट सर्वसाधारणलाई सहभागी गराइएको थियो ।

 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओलीको भ्रमण "स्पेसल सिग्नेफिकेन्स"

’बेइजिङ (चीन), असार । चीनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भ्रमण विशेष उपलब्धिमूलक भएको जनाएको छ । प्रधानमन्त्री ओली र उहाँका

हिन्दुराष्ट्रको मुद्धा उठाए काँग्रेस सभापति वैठकमा

मकवानपुर, असार । मंगलबारदेखि हेटौडामा चलिरहेको नेपाली काँग्रेस जिल्ला सभापतिहरुको भेलामा हिन्दु राष्ट्र स्थापनाको मुद्धा उठेको छ । भेलामा सहभागी

'चिनियाँ रेल अब सपनाको विषय मात्र रहेन'

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेईजिङमा भएको वार्ताले द्धिपक्षीय साझेदारीका निम्ति दुरगामी