• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

एसईईको नतिजा अर्को हप्ता

काठमाडाैं । प्रवेशिका परीक्षा अर्थात एसईईको नतिजा अबको एक हप्तापछि मात्रै प्रकाशित हुने भएको छ । उत्तरपुस्तिका परीक्षणको काम सकिएको  र नतिजा प्रकाशनकाे तयारीमा जुटेकाे परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार अब प्राप्ताङक प्रशोधनसम्बन्धी काम  बाँकी रहेको र त्यो एक हप्ता भित्र सकेर नतिजा प्रकाशन गरिनेछ । गएको चैत ८ गतेदेखि २० गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ झण्डै चार लाख ६१ हजार र एक्जाम्टेडतर्फ झण्डै २४ हजार परीक्षार्थीले परीक्षा दिएका छन् ।

तीमध्ये झण्डै आठ हजार परीक्षार्थी प्राविधिकतर्फ सहभागी भएका छन् । गएको वर्ष असार ३ गते एसईईको नतिजा सार्वजनिक भएको थियो ।

प्रतिकृया दिनुहोस

गुणस्तरहीन मासु बेचेर उपभोक्ता झुक्याउँदै

रौतहट, असार। रौतहटको चन्द्रपुर नगरपालिकाभित्र सञ्चालित अधिकांश मासु पसलवालाले गुणस्तरहीन मासुजन्य पदार्थ बेचेर उपभोक्ता झक्याउँदै आएका छन्

यूएईबाट सूचना लिन कानुनी अडचन

काठमाडौं, असार । अन्तरदेशीय संगठित सुन तस्करीबारे संयुक्त अरब इमिरेट्स (यूएई) बाट सूचना लिन कूटनीतिक तथा कानुनी अडचन देखिएको छ।  कान्तिपुर दैनिक

भ्रष्टाचार मुद्दामा फरार चालिसे जेल चलान

 काठमाडाैं ।  नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले भ्रष्टाचार मुद्दामा फरार रहेका शम्भुप्रसाद चालिसेलाई पक्राउ गरेपछि चालिसे शुक्रबार जेल