• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

यस्तो बन्दैछ वीर अस्पताल

काठमाडौं । नेपालकै जेठो वीर अस्पतालले १२९ औं वर्षगाँठ मनाउदै गर्दा १६ सय ५० बेड सहितका अत्याधुनिक भवन निर्माणको प्रक्रिया अघि बढेको छ । हाल वीर अस्पताल रहेकै ठाउँमा ६५० बेडको अन्तर्राष्ट्रिय मापदण्डको भवन निर्माण शुरु भइसकेको छ ।


१७ रोपनी जग्गामा सात तले भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेसँगै निर्माण शुरु भएको सो भवन अढाई वर्षभित्र बनाइसक्ने लक्ष्य छ । त्यस्तै भक्तपुरको दुवाकोटमा ५७० रोपनी क्षेत्रफलमा एक हजार बेडको अर्को अत्याधुनिक भवन निर्माणको प्रक्रिया पनि अघि बढाउने तयारी छ ।


तत्कालिन अर्थमन्त्री विष्णु पौडेलका पालामा अघि सारिएको यो महत्वाकांक्षी परियोजना पूरा हुनासाथ वीर अस्पतालले एकैपटक करिब २ हजार बिरामीलाई बेड उपलव्ध गराउन सक्नेछ । दुवै भवन बनेसँगै वीर अस्पतालमा बेड पाइएन भन्ने गुनासो अन्त्य हुने अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए ।
वीर अस्पतालमा अहिले दैनिक १८ सय विरामीले सेवा लिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

टुँडिखेलमा फूलपाती बढाइँ : विधिपूर्वक दुर्गाको आह्वान

काठमाडौँ, असोज । सैनिक मञ्च टुँडिखेलमा आज बडादशैँको सातौँ दिन फूलपाती बढाइँ गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ

आजदेखि चार दिनसम्म भूतमेला

गौशाला, असोज ।  बडादशैँका बेला परम्परादेखि सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा मंगलबारदेखि भूत मेला शुरु भएको छ

कार्तिक १६ मा कांग्रेसको चियापान : बाँस्तोलाको निधनले मिति परिवर्तन

  काठमाडौं, असोज । नेपाली कांग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ