• मंगलबार ३-५-२०७५/Tuesday 06-19-2018

२५ वर्षपछि भिड्दै रुस र साउदी अरेबिया

काठमाडौँ । आयोजक रसिया विश्वकपमा सबैभन्दा कम वरियताको टोली हो । बिहीबार उद्घाटन खेलमा साउदी अरेबियासँग रसियाले प्रतिस्पर्धा गर्दैछ ।  घरेलु मैदानमा उसका लागि जसरी पनि जित्नुपर्ने चुनौती छ । दर्शकको साथ र आयोजकका नाताले पनि रसियाली खेलाडी हौसिएका छन् । रुस फिफा वरियताको ७० औं स्थानमा छ ।

गत अक्टुबरयता, रुसले कुनै पनि खेल जितेको छैन । रुसी प्रशिक्षक स्टानिसलाभ चेर्चीसोभ, जो राष्ट्रिय टिमका पूर्व गोलकिपर समेत हुन् । उनीमाथि निश्चय नै दबाब हुनेछ ।

अर्कोतर्फ साउदी अरेबिया दबाबरहित हुनेछ किनकी रुसपछि साउदी कमजोर मानिएको टोली हो । फिफा वरियता साउथी ६७ औं स्थानमै सिमित छ । उसका लागि रुससँग जित निकाल्नु नै ठूलो अवसर हुनेछ । मस्कोस्थित लुझिन्की रंगशालामा हुने यस खेलमार्फत नै सन् २००६ पछि साउदीले विश्वकपमा कमब्याक गर्दैछ । साउदीले खेलेका पछिल्ला ९ वटा मैत्रिपूर्ण खेलमा ३ वटा खेलमा जितेको छ । तर, पछिल्ला ७ खेलमा आयोजक रसियाले भने एउटा खेलमा पनि  जित निकाल्न सकेको छैन ।

 

प्रतिकृया दिनुहोस

विश्वकप फुटबल: दक्षिण कोरियाविरुद्ध स्वीडेन विजयी

काठमाडौं, असार ।  विश्वकप फुटबल प्रतियोगिताको समूह ‘एफ’को खेलमा स्वीडेन विजयी भएको छ।   स्वीडेनले दक्षिण कोरियालाई १- ० गोलले पराजित गर्दै

सोमबार हुँदै तीन भिडन्त, अहिलेसम्मको यस्तो छ नतिजा

काठमाडौं, असार  । पहिलो चरणको विश्वकप फुटबल खेलहरु सोमबार राति सकिँदैछन् । पहिलो खेलमा समुह एफ बाट साँझ पौने ६ बजे स्वीडेन र दक्षिण कोरिया भिड्दै छन्

जर्मनी पराजित, ब्राजिलको खेल बराबरीमा

आजका खेल साँझ ५ः ५४ बजे,  स्वीडेन र दक्षिण कोरिया, छटौं समूह साँझ ८ः४५ बजे, बेल्जियम र पानामा, सातौं समूह राति ११ः ४५ बजे, ट्यूनिसिया र बेलायत सातौं