• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

संविधान मिचेर न्यायाधीश नियुक्त

काठमाडौं । संविधानको मर्म विपरित न्याय परिषद्ले परिक्षा प्रणालीबाट आएका १६ जना जिल्ला न्यायाधीश नियुक्ती सिफारिस गरेको पाइएको छ । परिषद्ले संबीधानको धारा १ सय ४९ क लाइ मीचेर ख र ग बमोजिम न्यायाधिश नियुक्ती गरेको खुलेको हो ।

संविधानको धारा एक सय ४९ ख वमोजिम १३ जना र ग वमोजिम ३ जना न्यायाधीश नियुक्ती भएको न्याय परीषद् सचिवालयले जनाएको छ । न्याय सेवा आयोगले संविधानको धारा एक सय ४९ ख र ग मा उल्लिखित उम्मेद्धारहरुको लागि परिक्षा लिएको थियो ।

संबिधानको धारा १४९ को २ क मा रिक्त पदमध्ये बीस प्रतिशत पदमा कानूनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतहरूमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा न्यायाधीश नियुक्ती गरिने उल्लेख छ ।

तर परिषद्ले क बमोजिम रहेका आठ जना न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कार्यरतलाइ मिच्दै ‘ख’ र ग बमोजिम न्यायाधीश नियुक्त गरेको खुलेको छ ।

प्रतिकृया दिनुहोस

"चीन भ्रमण उपलब्धिमूलक र प्रेरणादायी बन्यो "

बेइजिङ (चीन), असार  । प्रधानमन्त्रीले गरेको यो चीन भ्रमण सौहार्द र निकै उपलब्धिपूर्ण तथा प्रेरणादायी भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले

रामचन्द्र पौडेल भने : नेपालमा कम्युनिष्ट शासन होइन पक्षपाती शासनको सुरु

काठमाडौं, असार ।  जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले

"चुनौतीको सामना गर्न सशक्त ढंगले अघि बढ्ने संकल्प"

हेटौँडा, असार । मकवानपुरको हेटौँडामा भएको नेपाली कांग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न