• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

विश्वकप फुटबलको महाकुम्भ शुरु

उद्घाटन खेल हुने लुझिनिका रंगशाला

काठमाडौं– विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ बिहीबारदेखि रुसको राजधानी मस्कोमा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबिया आमनेसामने हुँदैछन् । विहीबारबाट शुरु भएको खेल जुलाई १५ तारिखसम्म चल्ने छ ।


यो वर्षको विश्व फुटबलका चर्चित नामहरु इटाली, नेदरल्याण्ड्स, चिली, वेल्स भने विश्वकपको छनौट चरणबाटै बाहिरिएकाले ती देशको खेल यस पटकको विश्वकपमा हेर्न पाइने छैन । ग्रुप स्टेजका खेललाई समुह ए देखि एचसम्म विभाजन गरिएको छ ।


जहाँ साविक विजेता जर्मनी, उपविजेता अर्जेन्टिना, ब्राजिल, स्पेन, पोर्चुगल, फ्रान्स, पोल्याण्ड, स्वीडेन, उरुग्वे लगायतका ३२ टोली समावेश छन् । प्रत्येक  समूहमा ४ टिम छन् । उनीहरुले प्रि–क्वाटर फाइनल पुग्न आफ्ना समुहका सबैसँग एक–एक पटक प्रतिस्पर्धा गर्नेछन् ।


समूह ‘ए’ मा आयोजक रुस, उरुग्वे, इजिप्ट र साउदी अरेबीया समावेश छन् । यस समूहमा सबैभन्दा बलियो टोली उरुग्वेलाई मानिएको छ । उरुग्वेमा बार्सिलोनाका स्टार फरवार्ड लुइस स्वारेज र पिएसजीका स्टार इडिसन काभानी छन् । दुवै खेलाडी गोलगर्नमा माहिर छन् । यसैगरी इजिप्ट यस पटक मोहम्मद सलाको नामले चर्चामा आएको छ । मोहम्मद सलाले यस सिजन प्रिमियर लिगमा उत्कृष्ट खेल्दै सर्वाधक गोलकर्ता बन्न समेत सफल भए ।  


त्यसैगरी समुह ‘बी’ समूह बीमा स्पेन, पोर्चुगल, मोरोक्को र स्पेन समावेश छन् । यस समूहमा सबैभन्दा बलियो टोली स्पेन मानिएको छ भने क्रिस्टियानो रोनाल्डोको पोर्चुगलपनि बलियो टोली मानिएको छ । स्पेनको राष्ट्रिय टोलीबाट आन्द्रे इनियस्टा, सर्जियो रामोस, इस्को, पिके, बुस्केट्स जस्ता स्टार खेलाडीहरु मैदान छन् । सन् २०१६ को युरोकप विजेता पोर्चुगलले यस पटक विश्वकपमा कस्तो प्रदर्शन गर्ला भनेर सबैको ध्यान केन्द्रित भएको छ । स्टार रोनाल्डोको साथमा पोर्चुगलले यस पटक विश्वकपमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।


त्यसैगरी, समुह ‘सी’मा  फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क समावेश छन् । पल पोग्बा, ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनले फ्रान्स यस पटक सेमिफाइनलसम्म सजिलै पुग्ने विश्लेषण गरिएको छ । डेनमार्कबाट क्रिस्टियन इरिक्सनलको प्रदर्शनपनि कस्तो रहला सबैको प्रतिक्षा रहेको छ । उनले यस सिजन प्रिमियर लिगमा टोटनह्यामको तर्फबाट प्रशंसनीय प्रदर्शन गरेका थिए । समुह ‘डी’मा साविक उपविजेता अर्जेन्टिना, क्रोयसिया, आइसल्याण्ड र नाइजेरिया समावेश छन् । सन् २०१४ को विश्वकपमा फाइनलमा हारेको लियोनल मेस्सी यस पटक अर्जेन्टिनालाई उपाधि दिलाउन हरप्रयासमा लाग्नेछन् । मेस्सी सहित, डि मारिया, अग्वेरो, ड्याबाला, माश्चेरानो, हिग्वेन अर्जे्न्टिनाका तर्फबाट मैदानमा उत्रनेछन् । यसैगरी क्रोयसियामा रियल मड्रिडका स्टार मिडफिल्डर लुका मोड्रेक र बार्सिलोनाका स्टार इभान यार्किटिक छन् । उनीहरु पनि अन्तिम १६ मा प्रवेश गर्न कडा टक्करमा उत्रनेछन् ।


समूह ‘इ’ पाँच पटकको विश्वकप विजेता ब्राजिल, स्वीजरल्याण्ड, कोस्टारिका र सर्विया छन् । २०१४ को विश्वकपमा जर्मनीसँग ७–१ को लज्जास्पद हार व्यहोर्दै ब्राजिल सेमिफाइनलबाट बाहिरिएको थियो । यस पटक ब्राजिल उपाधि उछिन्ने दाउका साथ विश्वकपमा उत्रेको छ । ब्राजिलको तर्फबाट नेइमार, मार्सेलो, कोन्टिन्हो, विलियन जस्ता खेलाडीहरु मैदान उत्रदैछन् । यस पटक डेनी एल्भेसभने मैदानमा देखिनै छैनन् ।   


यसैगरी, समुह एफमा जर्मनी, मेक्सीको, स्वीडेन र दक्षिण कोरिया समावेश छन् । जर्मनी साविक विजेता हो । जर्मनी यस पटकको पनि विश्वकप फुटबलको एक दाबेदार हो । जर्मनीमा थोमस मुलर, मार्कु रिउस, मारियो गोट्जे, टानी क्रुज, आजिल जस्ता स्टार खेलाडीहरु छन् । स्वीडेन जल्टान इभ्राहिमोभिचको टोली हो । तर ३५ वर्षे इभ्राहिमोभिच यस पटकको विश्वकपमा समावेश नहुने भएका छन् । यसैगरी मेक्सीको पनि बलियो टोली हो ।


त्यसैगरी समूह ‘जी’ मा इंगल्याण्ड, बेज्लियम, पनामा र ट्यूनिशिया समावेश छन् । इंगल्याण्ड यसपटक तुलनात्मक रुपमा बलियो देखिएको छ । इंगल्याण्डका तर्फबाट यस पटक स्टार खेलाडी ह्यारी केन, रहिम स्टर्लिङजस्ता खेलाडी मैदानमा उत्रदैछन् । बेल्जियममा केभिन डि ब्र्युन र ह्याजार्ड छन्भने पनामा पहिलो पटक विश्वकपका लागि छनौट भएको टोली हो ।  र, समुह ‘एच’मा पोल्याण्ड, कोलम्बिया, जापान र सिनेगल समावेश छन् ।

पोल्याण्डमा रोवर्ट लेवानडोस्की छन्भने कोलम्बियामा सन् २०१४ का विश्वकप गोल्डेन बुट विजेता जेम्स रोड्रिग्वेज समावेश छन् । सिनेगलमा पनि प्रभावशाली फरवार्ड साडियो माने छन् । जापान भने एसियाकै बलियो टोली मानिन्छ ।


प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन जर्मनी, स्पेन, ब्राजिल र फ्रान्सलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ । व्यक्तिगत रुपमा अब्बल खेलाडी भएकै कारण बेल्जियम, अर्जेन्टिना, पोर्चुगल र इंग्ल्यान्डको पनि सम्भावना रहेको छ । दाबेदार सबै टोलीमा गोलरक्षकको भूमिका महत्वपूर्ण हुने गर्दछ । समूह चरणमा टोलीहरुलाई तुलनात्मक जित दर्ता गर्न सहज हुन्छ । दोस्रो चरण पार गरेपछि भने उत्कृष्ट बिचको लडाईमा गोलरक्षकको भूमिका देखिने गर्छ ।


विश्वकप शुरु भएसँगै विश्वकपको उपाधि कुन राष्ट्रले जित्ला ? कुन राष्ट्रको प्रदर्शन कस्तो होला ? विभिन्न अनुमान गर्न थालिएको छ । यही विश्वकपदेखि आइसल्याण्ड र पानामाले डेब्यु गर्दैछन् । आइसल्याण्डले विश्वकपमा आफ्नो उपस्थिति बलियो बनाउने लक्ष्यमा रहेको छ । त्यसो त, आइसल्याण्डले २०१६ को युरोकपमा पनि अपत्यारिलो तरिकाले क्वाटरफाइनलसम्मको यात्रा पार गरेको थियो ।


पानामा नर्थ, सेन्ट्रल अमेरिकन एण्ड क्यारेवियन क्षेत्रबाट विश्वकपमा पहिलो पटक छनोट भएको राष्ट्र हो । विश्वकप छनोटमा अमेरिका, होण्डुरस जस्ता बलिया राष्ट्रलाई पछि पार्दै पानामा विश्वकपमा छनोट भएको हो । पानामाले आफ्नो पहिलो खेल १८ जुनमा बेल्जियमसँग खेल्दैछ । त्यस्तै, २४ तारिखमा इंग्ल्याण्डसँग खेल्ने पानामाले समूह चरणको अन्तिम खेल २८ जुनमा ट्युनिसियासँग प्रतिस्पर्धा गर्दैछ ।


यो विश्वकपमा ११ शहरका १२ रंगशालामा खेल खेलाइँदै छ । उद्घाटन खेल नेपाली समय अनुसार ८ः४५ बजे लुझिनिका रंगशालामा खेलाइने छ ।
विश्व विजेता बन्ने टिमले ३८ मिलियन डलर अर्थात करिव ४०८ करोड रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछ । फाइनलमा पराजित हुने टिमले २८ मिलियन डलर अर्थात करिव ३०० करोड रुपैयाँ बराबरको पुस्कार प्राप्त गर्नेछ ।

त्यस्तै तेस्रो र चौथो नम्बरमा रहने टिमले पनि क्रमश २४ मिलियन अर्थात २५७ करोड र २२ मिलियन डलर अर्थात करिव २३६ करोड रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै ५ औंदेखि ८ औं स्थानमा रहने टिमले १६ देखि १८ मिलियन डलर अर्थात १७१ करोड रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै ९ देखि १६ औं स्थानका टिमले अर्थात नकआउट चरणमा पुग्ने टिमले समान १२ मिलियन डलर अर्थात करिव १२९ करोड रुपैयाँ प्राप्त गर्ने छन् ।

फिफाको नियमअनुसार विश्व कपको खास महत्व यसका लागि पनि मानिन्छ कि फुटबलको यो महाकुम्भमा एक खेल पनि जित्न नसक्ने टिमले पनि करौडौं रुपैयाँ पुरस्कार पाउंछ । १७ देखि ३२ औं स्थानमा रहने हरेक टिमले समान आठ मिलियन अर्थात करिव ८६ करोड रुपैयाँ प्राप्त गर्ने व्यवस्था छ ।

यसैबीच, विश्वकप २०१८ शुरुभएसँगै सन् २०२६ को २३ औँ संस्करणको विश्वकप फुटबल आयोजक राष्ट्रहरुको पनि टुंगो लागेको छ । तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।


फिफाको ६८ औँ कंग्रेसमा यी तीन राष्ट्र सम्मिलित युनाइटेडले सर्वाधिक मत प्राप्त गर्दै विश्वकप आयोजना गर्ने अवसर पाएका हुन् ।  युनाइटेड र मोरोक्कोले सन् २०२६ को विश्वकप आयोजनाका लागि आ–आफ्नो दाबेदारी पेश गरेका थिए । तर, फिफाको सदस्य राष्ट्रहरुले दिएको भोटमध्ये युनाइटेडले ६७ तथा मोरोक्कोले ३३ प्रतिशत भोट प्राप्त गरेको थियो । अमेरिकाले सन् १९९४ को विश्वकप पनि आयोजना गरेको थियो । त्यहां पहिलेदेखि नै रहेको पुर्वाधारहरु भएकाले विश्वकप आयोजना गर्न सहज हुने पनि अनुमान लगाइएको छ । सन २०२२ को विश्वकप कतारमा आयोजना गर्नेछ ।

 

प्रतिकृया दिनुहोस

एसिया छनोटको तयारीमा जुट्छौंः कप्तान खड्का

काठमाडौं । आईसीसी टी–२० विश्वकप एशिया उपक्षेत्रीय छनोटको उपाधि जितेर नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार स्वदेश फर्किएको छ । शनिबा त्रिभुवन

महिला भलिबलको उपाधि एपीएफलाई

बाग्लुङ । २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ । बागलुङ जिल्लाको पश्चिम गलकोटमा सम्पन्न

क्यान विवाद समाधानतर्फ, बोर्ड बैठक बोलाइयो 

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको विवाद समाधानको दिशामा देखिएको छ । विधान संशोधनदेखि स्वतन्त्र समूहको निर्माणसँगै सर्बोच्चको मुद्धाका विषयमा