• आज : Wednesday 17 January 2018
    2:59:34 NST

महिनावारीबारे ज्ञान दिन साइकल ¥याली

काठमाडौं, १४ जेठ । शनिबार अर्थात मे २८ मा विश्वभर मनाइने अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा शनिबार राजधानीमा साइकल ¥याली गरिएको छ । ‘मौनता तोडौं र महिनावारीको बिषयमा कुरा गरौं’ भन्ने नाराका साथ एक्सपोज नेपालले सो साइकल ¥यालीको आयोजना गरेको हो । 
बसन्तपुरबाट शुरु भई कान्तिपथ, कमलादी, पुतलीसडक, माइतीघर, कुपन्डोल हुँदै मंगलबजारमा गएर टुंगिएको ¥यालीमा व्यवसायिक र सौखिन साइकल यात्रीदेखि नर्स, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधीलगायतका ब्यक्तिको सहभागिता थियो । नेपाल साइकल संघको प्राविधिक सहयोगमा भएको उक्त ¥यालीमा २०० भन्दा बढीको सहभागिता रहेको बताइएको छ । 
महिनावारीका बारेमा चेतना जगाउन विभिन्न कार्यक्रम हुने गरे ापनि पुरुषको समेत सहभागितामा अझै बढी जनतामाझ महिनावारी सचेतना फैलाउने उदेश्यले ¥याली आयोजना गरिएको एक्स्पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले बताए । 
मंगलबजारमा समापन भएको सो ¥यालीमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले महिनावारी हुँदा बढी आराम चाहिने बेलामा गाउँका महिलाले घरधन्दा गर्नु हुँदैन भन्दै घाँस दाउरा र खेतिपाती मा पठाइने गरेको प्रति गुनासो गर्दै त्यतिखेर सरसफाईमा ध्यान दिनुपर्ने बताए । 
काठमाडौं मोडेल हस्पिटल स्कुल अफ नर्सिंगकी प्रिन्सिपल सानु तुलाधारले महिनावारी एक शारिरीक प्रक्रिया मात्रै हो भन्ने सबैले बुझ्न आवश्यक रहेको बताइन । 
महिनावारी अधिकारकर्मी राधा पौडेल, एक्सन अगेन्स्ट हंगरकी प्रतिनिधी कमला केसी, कोडेफकी उपाध्यक्ष यभलक्ष्मी श्रेष्ठ, साइकलयात्री मध्येका दिपेन्द्र बजाचार्य र्यालीमा सहभागी हस्तकला ब्यवसायी सुनिल पासा लगायतले महनिावारी सचेतनाको बारेमा बोलेका थिए । 
कार्यक्रममा सहभागी साइकल यात्रीलाई प्रमाणप वितरण गरिएको थियो । 
 

Comment

Related News