• आज : Tuesday 26 September 2017
    11:56:34 NST

‘क्षयरोग नियन्त्रण’ प्रचण्ड सरकारको असफल स्वास्थ्य कार्यक्रम

बलराम प्यासी  

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको ‘प्रचण्ड’ सरकारले १० महिनाको अवधिमा स्वास्थ्यका धेरै कार्यक्रममा फड्को मारेको कुरा राजनामा दिने बेलामा बताएता पनि विगतका सरकारको पालामा नेपालको पहिलो र सफल कार्यक्रमको रुपमा परिचित ‘राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम’ लाई भने सयबाट शुन्यमा झारेको छ । कुनै समय ‘राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम’ नेपालको मात्रै नभई विश्वमै चर्चित कार्यक्रम थियो । 
प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री गगन थापाको नेतृत्व र राज्यमन्त्री तारामान गुरुङ्ग सम्मिलित स्वास्थ्य मन्त्रालयले समयमै ‘राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम’ को सत्य तथ्य र यर्थाथता बुझ्ने कोशिस नगर्दा कार्यक्रम कार्यान्वयन गर्ने निकाय राष्ट्रिय क्षयरोग केन्द्र भ्रष्टाचार र अनियमितताको अखडा बन्दै क्षयरोग कार्यक्रम शुन्यमा पुगेको हो । 
क्षयरोग नियन्त्रण कार्यक्रमबारे मन्त्री थापाले व्यक्तिगत रुपमा जानकारी नलिई गलत व्यक्तिहरुको कुरा सुन्दा क्षयरोग नियन्त्रण कार्यक्रम कार्यान्वयन गर्ने राष्ट्रिय क्षयरोग केन्द्र सरकारी कार्यालयभन्दा पनि नीजि कम्पनी जस्तो बन्न पुग्यो र सीमित कर्मचारीको कमाई खाने थलो बन्न पुग्यो ।  
कार्यक्रम बुझेका व्यक्तिलाई केन्द्रको प्रमुख बनाउनुभन्दा आर्थिक चलखेल गर्दै गलत व्यक्तिलाई केन्द्रको निर्देशक बनाउने प्रयास भएपछि केन्द्रका कर्मचारीको विरोधका कारण असारमा सेवानिवृत्त हुन लागेका अर्का चिकित्सकलाई केन्द्रमा ल्याइयो । यसैका कारण केन्द्रले अmभैपनि सक्षम नेतृत्व पाउन सकेको छैन र कार्यक्रमको गति शुन्य छ । 
तालुकदार निकाय स्वास्थ्य मन्त्रालयले समयमै चासो नदिँदा मुलुकमा क्षयरोगको अवस्था, मर्ने र स्वस्थ व्यक्तिमा सर्ने दर, निको भएकाहरुको अवस्था लगायतका बारेमा गर्नुपर्ने क्षयरोग प्रारम्भिक सर्वेक्षण (प्रिभिलेन्स सर्भे) शुरु भएन । र, सर्वेक्षणको लागि भनेर केन्द्रले खरिद गरेको करोडौं रुपैंयाको नयाँ एक्सरे मेशिनमा मुसाले खोर बनाउन पुग्यो । 
सर्भेकै लागि भनेर खरिद ‘गरिएको’ भनिएको ६५ हजार थान टिर्सटमा लाखौं रुपैयाँको चलखेल भएर केन्द्रका कर्मचारीले मन्त्रालयमा गुनासो गर्दा पनि त्यसको सुनुवाई भएन।   
अमेरिकी सेनाले अफ्रिकी मुलुकमा प्रयोगमा गरिसकेको पुरानो एक्सरे मेशीन केन्द्रले ३ करोडमा खरीद गरि २ वर्षदेखि स्टोर बाहिर त्यसै थन्काएर राखेको, जापान सरकारले उपहारको रुपमा दिएको एककरोड भन्दा बढी मुल्य पर्ने मोवाइल एक्सरे भ्यान पनि केन्द्रको आँगनमा विग्रिएर राखी ममर्तमा कुनै चासो दिइएन ।  
तत्कालिन निर्देशकले आर्थिक अनियमितता ढाकछोप गर्दै कारवाहीबाट बच्न र  आफ्नो सरुवा बचाउन राष्ट्रिय केन्द्रका निर्देशकले प्रिभिलेन्स सर्भेको लागि खरीद गरिएको करीव २ करोड रुपैयाँ मूल्य बराबरको बा १ झ ६३८९ नम्बरकोे टोयोटा ल्याण्डक्रुजर जीप टोयोटा कार्यक्रमलाई नै असर पार्ने गरि स्वास्थ्य मन्त्रालयले नै ‘नजराना’ लियो  ।  
एकवर्षको अवधिमा क्षयरोग कार्यक्रम शुन्य, केन्द्रको बजेट खरीद, मर्मत र विदेश भ्रमण र अनुगमन, निरीक्षण र सुपरिवेक्षणको नाँऊमा पदको दुरुपयोग गर्दै व्यापक भ्रष्टाचार गरेको तथ्य सञ्चारमाध्यममा आएपनि मन्त्रालय मौन बस्यो । 
गतवर्ष बेलायतको लिभरपुलमा भएको अन्तर्राष्ट्रिय क्षयरोग सम्मेलनमा केन्द्रका चिकित्सक पठाउनुपर्ने ठाउँमा स्वास्थ्यमन्त्री गगन थापाका नातेदारलाई पठाउँदा मन्त्रालयले त्यसलाई ढाकछोप गर्यो ।  
केन्द्रमै ४ वटा सुविधासम्पन्न तालीम हल हुँदाहुँदै पनि दैनिक भ्रमण भत्ताको लोभमा सँधै धुलिखेलको महंगा होटलमा तालीम सञ्चालन गरेर आर्थिक दुरुपयोग हुँदा पनि मन्त्रालय मौन बस्यो ।  
केन्द्रको प्रशासन शाखाको मिलोमतोमा सीमित कर्मचारीहरु भ्रमण आदेश बनाउँदै पटकपटक जिल्लामा गएर आर्थिक अनियमितता गर्दा पनि मन्त्रालयले देखेन । वार्षिक वजेट करीव ८१ करोड रहेको सो केन्द्रमा खरीद, मर्मत र रंगरोगनका काम बाहेककेही भएन । 

Comment

Related News