• शनिबार ८-१-२०७५/Saturday 11-17-2018

‘मेरी मामु’मा आयुव र कुसुमको डेब्यु

काठमाडौं । सफल चलचित्र ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ निर्माण गरेका निर्माता सन्तोष सेनले चलचित्र ‘मेरी मामु’ बनाउन लागेका छन् । ६ बर्षका बालक आयुव सेनको मुख्य भूमिका रहने ‘मेरी मामु’लण्डन निवासी कुसुम गुरुङले अभिनयमा डेब्यु गर्ने भएका छन् ।

 

याम थापाले निर्देशन रहने ‘मेरी मामु’ को लागि ६ महिना लामो अभिनय कोर्ष पछि निर्माता सेनले छोरालाई फिल्ममा लिएका हुन् । आसुसेन फिल्मस्को चौथो प्रस्तुतीका रुपमा बन्न लागेको चलचित्र ‘मेरी मामु’ असार ३ गतेबाट फ्लोरमा जान लागेको हो ।

 

सुनिल पोखरेल निर्देशिशत ‘हरियो ढुंगा’ नामक नाटकमा कुशुमले अभिनय समेत गरेकी छन् । सानैदेखि अभिनयप्रति रुचि भएकी गुरुङ चलचित्र अभिनयका लागि लण्डनबाट नेपाल आएको निर्माण युनिटले जनाएको छ ।

 

बालमनोविज्ञानमा बन्ने चलचित्र ‘मेरी मामु’को अहिले वर्कसप भइरहेको छ । ‘प्रेमगीत २’कि अभिनेत्री अश्लेषा ठकुरीको पनि यस फिल्ममा अभिनय रहने कुरा बाहिरिएको भएपनि आधिकारिक रुपमा पक्का भने भइसकेको छैन । चलचित्रको काठमाडौं, चितवन लगायतको ठाउमा छायांकन हुँदैछ ।

 

प्रतिकृया दिनुहोस

नयाँ फिल्मका लागि निरुता नेपालमा 

काठमाडौं । नेपाली चलचित्रमा एक दशकभन्दा लामो समय राज गरेकी नायिका निरुता सिंह नयाँ चलचित्रका लागि नेपाल आएकी छिन् । झण्डै एक दशकदेखि भारतमा बस्दै

आकाशले छाडेपछि पलसँग सम्झौता 

काठमाडौं । पछिल्लो  समय नेपाली चलचित्रमा इन्ट्री र आउट हुने एक किसिमको ट्रेण्ड जस्तै बनेको छ । पहिला चलचित्रका लागि साइन गर्ने विस्तारै विविध कारण

निर्माण पूरा नहुँदै ३५ लाखमा बिक्यो ‘जात्रै जात्रा’

काठमाडौं । चलचित्र ‘जात्राको अपार सफलता पछि फिल्म युनिट यतिबेला सिक्वेल चलचित्र ‘जात्रै जात्रा’को छायांकनमा ब्यस्त छ । केही दिन अघि मात्रै टिजर