• सोमबार ८-२४-२०७५/Monday 12-10-2018

‘मेरी मामु’मा आयुव र कुसुमको डेब्यु

काठमाडौं । सफल चलचित्र ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ निर्माण गरेका निर्माता सन्तोष सेनले चलचित्र ‘मेरी मामु’ बनाउन लागेका छन् । ६ बर्षका बालक आयुव सेनको मुख्य भूमिका रहने ‘मेरी मामु’लण्डन निवासी कुसुम गुरुङले अभिनयमा डेब्यु गर्ने भएका छन् ।

 

याम थापाले निर्देशन रहने ‘मेरी मामु’ को लागि ६ महिना लामो अभिनय कोर्ष पछि निर्माता सेनले छोरालाई फिल्ममा लिएका हुन् । आसुसेन फिल्मस्को चौथो प्रस्तुतीका रुपमा बन्न लागेको चलचित्र ‘मेरी मामु’ असार ३ गतेबाट फ्लोरमा जान लागेको हो ।

 

सुनिल पोखरेल निर्देशिशत ‘हरियो ढुंगा’ नामक नाटकमा कुशुमले अभिनय समेत गरेकी छन् । सानैदेखि अभिनयप्रति रुचि भएकी गुरुङ चलचित्र अभिनयका लागि लण्डनबाट नेपाल आएको निर्माण युनिटले जनाएको छ ।

 

बालमनोविज्ञानमा बन्ने चलचित्र ‘मेरी मामु’को अहिले वर्कसप भइरहेको छ । ‘प्रेमगीत २’कि अभिनेत्री अश्लेषा ठकुरीको पनि यस फिल्ममा अभिनय रहने कुरा बाहिरिएको भएपनि आधिकारिक रुपमा पक्का भने भइसकेको छैन । चलचित्रको काठमाडौं, चितवन लगायतको ठाउमा छायांकन हुँदैछ ।

 

प्रतिकृया दिनुहोस

प्रविधि प्रयोगमा फड्को मार्दै चलचित्र क्षेत्र 

काठमाडौं । प्रविधिको भरपूर प्रयोगले पछिल्लो समय सवैभन्दा फड्को मारेको क्षेत्र हो–चलचित्र क्षेत्र । त्यसो त प्रविधिको प्रयोगविना कुनै पनि काम सहज

मेक्सिकोकी सुन्दरीलार्इ मिस वर्ल्डको उपाधि

काठमाडौं, मंसिर । 'मिस वर्ल्ड २०१८' को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६

टप पाँचबाट बाहिरिइन शृङ्खला

  काठमाडौं, मंसिर । ‘मिस वर्ल्ड’ २०१८ को अन्तिम टप पाँचबाट शृङ्खला बाहिरिएकी छन ।  शृङ्खला टप १२ मा पुगेकी थिइन् । शनिबार साँझ भएको फाइनलको पहिलो