• सोमबार १०-७-२०७५/Monday 01-21-2019

‘उपरदाङ गढी’मा ‘नालापानी’को छायांकन

चितवन । ऐतिहासिक कथावस्तुमा आधारित रहेर निर्माण भइरहेको चलचित्र नालापानीको छायांकन तीव्र गतिमा भइरहेको छ । यतिबेला निर्माण टोली चितवनको उपरदाङ गढी पुगेको छ । उपरदाङ गढीमा चलचित्रका कलाकार हातमा तलवार लिएर क्यामरा अगाडि अंग्रेजहरुमाथि आक्रमण गरिरहेका छन् । चलचित्रको कथा अनुसार नै उनीहरु अभिनयमा उत्रिएका हुन् ।


केहीदिन यता उपरदाङ गढीमा छायांकन भइरहेको र यहाँको छायांकन समाप्तिसँगै निर्माण टोली काठमाडौं फर्किनेछ । बाँकी रहेको केही सिनहरु राजधानीमा  छायांकन गरेपछि चलचित्रको सम्पूर्ण छायांकन समाप्त हुने निर्माण पक्षले जनाएको छ । त्यसो त निर्माण पक्षले केही समय पहिले राजदरबारभित्रै छायांकन गरेको थियो । जहाँ कलाकारहरुले अंग्रेजहरुमाथि जाइलागेको सिन छायांकन गरिएको थियो । नयाँ बर्ष २०७६ मा प्रदर्शनको लक्ष्य लिइएको यो चलचित्र विभिन्न ऐतिहासिक स्थानहरुमा छायांकन भएको छ ।


उपरदाङ्ग गढी चितवनको पुरानो सदरमुकाम हो । ऐतिहासिक यो किल्ला चितवनको उत्तरी भागमा पर्छ । गढीभित्र कोत घर, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् । चारैतिरबाट गहिरो नहरले घेरिएको यो किल्ला ढुंगाको ठूला टुक्रा, चुन र माटोले बनाइएको छ । उत्तरी मोहडामा प्रवेशद्वार छ भने बीच भागमा इनार र हतियार भण्डार गर्ने कोत घर छ । ‘नालापानी’को छायांकन उपरदाङ गढीमा नै गर्नुपर्ने आवश्यकता रहेकोले यहि स्थान रोजेको निर्माता मनोज शाक्यले बताए ।


भिएफएक्सको अधिक प्रयोग हुने यस चलचित्रका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टीम तथा भिएफएक्स टीमसँगै रहेर काम गरिरहेका छन् । निर्देशक अधिकारीले नेपाल आर्मीको सहयोग र साथ बीना यस्तो प्रकारले चलचित्र छायांकन सम्भव नभएको बताए । ‘नेपाल आर्मीले हामीलाई दिएको सहयोगप्रती कृतज्ञ छौँ । सम्भवत नेपालमा कुनै पनि चलचित्र यस प्रकारले छायांकन गरिएको थिएन, यो सबै नेपाल आर्मीकै देन हो’ । हाल भारतमा अवस्थित देहरादुनको नालापानीमा सन् १८१४ मा नेपालले ब्रिटिश साम्राज्यविरुद्ध नेपालले युद्ध लडेको थियो । आफ्नो साम्राज्य विस्तार गर्दै भारतसम्म आइपुगेको तत्कालिन ब्रिटिश इष्ट इन्डिया कम्पनीले नेपालमा आफ्नो अधिपत्य कायम गर्न अघि बढेको समयमा त्यसलाई रोक्न नेपालले युद्ध लड्नुपरेको थियो । त्यो समयमा नेपालमा पर्ने नालापानी आइपुगेको अंग्रेज सेनासँग नेपाली सेनाको मुठभेड भयो । तत्कालीन वीर गोरखाली सेना कप्तान बलभद्र कुँवरको नेतृत्वमा नेपालले अंग्रेजसँग बहादुरीपूर्वक लडाइँ लडेको थियो ।


कमजोर सैन्य शक्ति, प्रविधि आदिका कारण उक्त लडाइँमा नेपालले विजय प्राप्त गर्न सकेन तर, नेपालले युद्धमा प्रस्तुत गरेको वीरता तत्कालीन शत्रुपक्ष र विश्व सैन्य इतिहासमै र हालसम्म पनि उच्च प्रशंसित भयो । अंग्रेजले पानीको मुहान थुनिदिएपछि पनि लामो समय लडाईँ गर्दा गर्दै नेपाली सेना पछाडी हट्न बाध्य बनेको थियो । यसै बिषयमा आधारित रहेर प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित ‘नालापानी’ बनिरहेको छ ।


‘नालापानी’मा देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी, गीता बिष्ट, प्रनिश शाक्य, महाविर विश्वकर्मा, सुस्मा भट्टराई लगायतका कलाकारहरुको अभिनय रहनेछ । पद्मा कुमारी फिल्मस प्राली र गंगानारायण फिल्मस प्रालीको संयुक्त ब्यानरमा बन्ने यस चलचित्रमा मनोज शाक्य निर्माताको रुपमा रहेका छन् । चलचित्रको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ चलचित्रका द्वन्द्व निर्देशक हुन् । बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेलले भिएफएक्स गर्ने यस चलचित्रलाई रामशरण उप्रेतीले छायांकन गरिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

बन्ने भो ‘परदेशी २’, दोहोरिएलान प्रशान्त

काठमाडौं– तीन वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘परदेशी’को सिक्वेल निर्माणको घोषणा भएको छ । नारायण रायमाझीद्वारा निर्देशित चलचित्र

भ्यालेन्टाइनमा संजगसँग वर्षाको विवाह

काठमाडौं– लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले विवाह गर्ने भएका छन् । उनीहरुले सोमबार फेसबुकमार्फत

‘समर लभ’ले एक जोडीलाई थाइल्याण्ड घुमाउँदै

काठमाडौं– प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकलाई फिल्मप्रति चासो बढाउन निर्माण टिमले प्रचार–प्रसारमा विभिन्न फण्डाहरु अपनाइरहेको हुन्छ ।