• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

विश्वकपकै दिन जय नेपाल कप सुरुहुँदै

काठमाडौँ, जेठ । नेपाल इन्जिनियरीङ कलेज चांगुनारायण, नेपाल विद्यार्थी संघ मूल ईकाइ कमिटीको भक्तपुरको आयोजनामा 'स्वस्थ देश निर्माणका लागि स्वस्थ युवा, स्वस्थ युवाका लागि खेलकुद' भन्ने मुल नाराका साथ भोलिदेखि कलेजस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । 
भोलिदेखि सञ्चालन हुने  प्रतियोगितामा पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त १७ कलेजका विभिन्न सङ्ककायका २५ टिम सहभागी हुनेछन । सानो गौचरनस्थित खेल मैदानमा  उक्त प्रतियोगिता सञ्चालन हुनेभएको छ । भोलि हुन गइरहेको सो खेलको उद्घाटन समारोह नेपाली काङ्गे्रसका महामन्त्री डा. सशाङ्क कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएको छ । 
सो खेलको उद्घाटन समारोहमा अतिथीका रुपमा नेपाली काङ्गे्रसका सह महामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय  सदस्य  एनपी साउद, नेपाली काङ्गे्सका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा  सदस्य किशोरसिंह राठौर, केन्द्रिय सदस्य प्रदिप पैोडेल र नेबिसंघका केन्द्रिय अध्यक्ष नयनसिंह महर  रहनेछन ।
उद्घाटन खेलमा आयोजक नेपाल इिन्जिनियरीङ कलेजको टिम ए र नोबेल कलेज भिड्ने छन्। नक आउट प्रणालीबाट सम्पन्न हुने उक्त प्रतियोगिता असार १० सम्म सञ्चालन हुनेछ । यो प्रतिष्पर्धा नेपालकै सबैभन्दा धेरै पुरस्कार राशी भएको कलेजस्तरीय फुटबल प्रतियोगिता रहेको आयोजकको दाबी छ । 
विजेता टिमले पदकसहित नगद रु. २ लाख बराबरको पुरस्कार र उपविजेतालाई रु. १ लाख पुरस्कार रहेको आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकलगायतका विधाहरुमा पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितालाई सभ्य भव्य र मर्यादित ढङ्गले सफल बनााउनमा सबै क्षेत्रबाट सहयोग र सहभागिताको आवश्यकता रहेको प्रतियोगिता संयोजक नन्दकिशोर बमले बताएका छन् ।  

प्रतिकृया दिनुहोस

स्विजरल्याण्ड बिजयी हुँदा रोमाञ्चक

काठमाडौं,असार। ब्राजिलले कोस्टारिकालाई हराएपछि स्विजरल्याण्डले सर्बियालाई पनि पराजित गरेको छ। दुई खेल खेलेको ब्राजिल र स्विजरल्याण्ड दुबैको ४(४

क्रोएसियाले मेस्सीको टोली अर्जेन्टिनालाई ३-०गोलले पराजित

काठमाडौं, असार। क्रोएसियाले मेस्सीको टोली अर्जेन्टिनालाई ३-० गोलले पराजित गर्दै दोस्रो चरणको स्थान पक्का गरेको छ।  क्रोएसियाले अर्जेन्टिनाको

सचिव-सहसचिवलाई एक बर्ष नपुगी सरुवा गर्न नपाइने

काठमाडौं । सरकारले सचिव र सहसचिवलाई एक वर्ष नपुगी अर्को मन्त्रालय वा निकायमा सरुवा गर्न नपाइने गरी कानुन बन्ने भएको छ । मन्त्री र सचिवबीच मनमुटाव