• मंगलबार ४-२९-२०७५/Tuesday 08-14-2018

"सबिधानले तय गरेको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था कार्यान्वयन गर"


काठमाडौँ, जेठ  । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा  सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले माग गरेको छ । बैठकको विशेष समयमा खाँडले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेको हुँदा त्यसको कार्यान्वयन होस् भनी माग  गरे । उनले भने,  “ससदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया हो, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई नेकपा गठन भएकामा बधाई र शुभकामना छ । 
 नेकपाका सचेतक खगराज अधिकारीले सभामुख र उपसभामुखले निर्वाचनलगत्तै दल त्याग गरिसकेका अवस्थामा सभामुख र उपसभामुख एउटै दलबाट हुनुहँुदैन भन्ने ढंगले बारम्बार कुरा उठाइनु ठीक नभएको टिप्पणी गरे । 
नेकपाका योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलँैची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिए । 
उनले भने, “नेपालको वैदेशिक घाटा धेरै छ, त्यसलाई कम गर्न मुलुकको ४७ जिल्लामा एक लाखभन्दा बढी कृषकको संलग्नतामा अहिले १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको अलैँची उत्पादन भइरहेको छ, चीनमा पनि नेपाली अलँैचीको बजार बनाउन सकियो भने व्यापार घटालाई सन्तुलन गर्न योगदान पुग्नेछ ।” ताप्लेजुङलाई अलैँचीको सुपर जोन घोषणा गर्न माग गर्दै भट्टराईले नेपाली अलैँचीको सबैभन्दा ठूलो बजार भारत भए पनि विगतको तुलनामा भारतमा अलैँची निकासी कम भई किसानले लागत मूल्यसम्म पाउन नसकेको तर्फ ध्यानाकर्षण गराए । 
उनले भन्नुभयो, “बगंलादेशसँग कुराकानी गरेर अलैँचीको निकासीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । अहिले भुटान हँुदै बंगलादेश पुग्ने गरेको अलैँचीमा ठूलो भन्सार मूल्य लगाइएकाले सीधै बंगलादेशसँग कुराकानी गरेर त्यहाँ पठाउन सकिएमा नेपाली अलैँचीकोे ठूलो बजार बंगलादेश हुनसक्छ । 

 

प्रतिकृया दिनुहोस

विप्लवको बम आतंक,  प्रहरी भन्छ– आत्तिनु पर्दैन, तर्साउन खोजेका हुन् 

काठमाडौं । राजधानी उपत्यका लगायत ठाउँ ठाउँमा भेटिएका शंकास्पद वस्तु नेपाली सनोको बम डिस्पोजल टोलीले निस्क्रिय पारिरहेको छ । विप्लव नेतृत्वको नपाल

विप्लवको बन्द,  देशभरको जनजिवन प्रभावित,  दुई ठाउँमा भेटिएको बम सेनाद्वारा निस्कृय

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दका कारण बिहानै देखि देशभरको जनजिवन प्रभावित भएको छ । केपी

"सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर"

काठमाडौँ, साउन । राष्ट्रिय जनता पार्टी राजपा नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ ।  राजपा अध्यक्ष मण्डलका