• आइतबार ७-४-२०७५/Sunday 10-21-2018

"कार्यकारी राष्ट्रपति प्रणाली मान्दैनौँ "

विराटनगर, जेठ । सत्ताधारीहरुले ल्याएको कार्यकारी राष्ट्रपति प्रणाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले  बताएका छन् । 
बुधवार  प्रेस युनियन मोरङले  गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले दुई तिहाइको बलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजिए कांग्रेसलाई स्वीकार्य नहुने बताए ।
बहुजाति, बहुभाषी भएको मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली पद्धति  नमिल्ने र जनताले पनि त्यसलाई नस्वीकार्ने  उनको तर्क थियो । नेता कोइरालालले आगामी पाँचवर्षसम्म कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने उल्लेख गरे। कांग्रेस प्रतिपक्षमा वसे पनि विकास र समवृद्धिको एजेण्डामा भने पार्टिको सक्दो सहयोग रहने उनले बताए । 
पत्रकारको जिज्ञासामा  उनले भने,  सरकारको विरुद्धमा आन्दोलन गर्ने वेला अहिले आएको  छैन । सरकारले न्यायालयलाई हस्तक्षेप गर्न खोजेको, मुलुकमा दण्डहीनता बढेको  भन्दै त्यसकाविरुद्ध कांग्रेसले एक भएर खवरदारी गर्नुपर्ने उनले बताए ।
 नेता कोइरालाले कांग्रेस बीचको गुट उपगुटका कारण पार्टि कमजोर वन्दै गएकाले एकता आवश्यक रहेको बताए ।  आपसी लडाईका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेकाले अर्लि महाधिवेशन वोलाएर कांग्रेसलाई एक ढिक्का वनाउनुपर्ने उनले बताए ।
उनले सरकारले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसलाई वेवास्ता गरेर एकलौटि रुपमा अघि वढन खोजेको उनले आरोप लगाए । नेता कोइरालाले संघिय सरकार प्रदेश सरकारलाई दिएको वजेट थोरै भएकाले  संघियता कार्यान्वयमा समस्यापर्ने वताए । उनले संघियता कार्यान्वयनसंगै सवै हक अधिकार अव प्रदेश र स्थानियतहा आई सकेको अवस्थामा संघिय सरकारले प्रदेस सरकारलाई बजेट विनियोजितगर्न कन्जुसाई गर्न नहुने उनको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस

‘संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता’

  काठमाडौं, कात्तिक  ।  छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने राष्ट्रिय जनता पार्टी नेपालकी

"सरकारले दुई तिहाईको दम्भ देखाएको छैन"

काठमाडौं, कात्तिक । सरकारलाई खबरदारी गर्ने प्रतिपक्षी दलको धर्म भएकोले राष्ट्रिय विकास निर्माणको काममा सँगसँगै मिलेर अघि बढ्नुपर्ने सत्तारुढ दल

"बिरालोले पाठो सार्नु र नेकपाले भाका सार्नु एकै "

काठमाडौँ,  कात्तिक । लामो समयदेखि पार्टी एकताको गृहकार्यमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रियाभन्दा आन्तरिक विवाद चाहि चरम