• सोमबार ६-८-२०७५/Monday 09-24-2018

८ सय १६ जना कैदीको सजाय माफी

काठमाडाैं, १५ जेठ । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोप लागेका बालकृष्ण ढुंगेलसहित ८ सय १६ जना कैदीहरुले सजाय माफी पाएका छन् ।
गणतन्त्र दिवसका अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीहरुको सजाय माफी दिएकी हुन् । उनीहरुलाई नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिइएको हो । यद्यपि, ढुंगेललाई माफी दिन लागिएको भन्दै केही दिनयता विरोध प्रदर्शन भइरहेको छ भने सर्वोच्च अदालतमा रिट समेत परेको थियो । सोमवार अदालतले ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मगाएको थियो ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘ जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत आठ सय सोह्र जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’
द्वन्द्वकालिन मुद्दामा बालकृष्ण ढुंगेलले जेल सजाय भोगिरहेका थिए । उनले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएको कारागार व्यवस्था विभागले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कांग्रेसमा अब चारथरी सदस्य

काठमाडौं । नेपाली कांग्रेसमा अब चारथरी सदस्य हुने भएका छन् । यस अघि साधारण र क्रियाशील गरी दुई तहका सदस्य रहेकोमा अब साधारण, क्रियाशील, सम्मानित र

समाजिक सञ्जालको सदुपयोग गरौं – राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी

‘अरिङ्गाल’को आलोचनापछि प्रधानमन्त्रीको ‘मौरी’ मोह !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन् । वाम नेतृ साहाना प्रधानको चौथो