• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

"तयार भयो चीन भ्रमण तालिका तथा समझदारी प्रस्ताव"

फाइल तस्बिर


काठमाडौँ, जेठ ।   चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले  चीनको औपचारिक भ्रमण गर्ने कार्यक्रमसँगै छलफल तथा भ्रमण तालिका  बनेको छ ।   

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीले नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्नेछन् । भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ । 
प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन् । त्यहाँ उनले तिब्बतका प्रान्तीय नेताहरुसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल असार १० गते आइतबार स्वदेश फर्कनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार चीनका राष्ट्रपति सी चिनफिङले अघि सारेको ‘एक क्षेत्र एक मार्ग (बीआरआई)’ अन्तर्गत पूर्वाधार निर्माण, लगानी आकर्षण, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा द्विपक्षीय छलफल र समझदारीपत्रमा हस्ताक्षर हुनुका साथै  समसामयिक राजनीतिक विषय, नेपाल–चीन सम्बन्धका सबै पक्षमा सघन छलफल हुनेछ।

प्रतिकृया दिनुहोस

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज आउँदै

काठमाडौं, असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि तयारी पूरा भएको

"नेपालको समृद्धि र बिकासका मुद्दा अन्तर्राष्ट्रियकरण"

बेइजिङ, चीन, असार ।  यसपटकको प्रधानमन्त्री केपी शर्मा ओलीको  चीन भ्रमणले नेपालको समृद्धिको मुद्दा अन्तर्राष्ट्रियकरण भएको निचोड छ ।  नयाँ

"चुनौतीको सामना गर्न सशक्त ढंगले अघि बढ्ने संकल्प"

हेटौँडा, असार । मकवानपुरको हेटौँडामा भएको नेपाली कांग्रेसका जिल्ला सभापतिको भेलाले विगत निर्वाचनको परिणामबारे गम्भीर हुँदै चुनौतीको सामना गर्न