• शनिबार ३-९-२०७५/Saturday 06-23-2018

बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन

काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ। ९३ वर्षीय थापाको आफ्नै निवास काठमाडौं मैतीदेवीमा गएराती निधन भएको हो।
थापा लामो समयदेखि छाती, फोक्सोलगायतका समस्याबाट पीडित थिए। आजै दिउँसो थापाको पशुपतिमा अन्त्येष्टि गरिंने पारिवारिक श्रोतले जनाएको छ। अन्त्येष्टिअघि पशुपतिमै श्रद्धाञ्जली कार्यक्रम गर्ने तयारी छ।
उनले धेरै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गरेका छन्। थापा हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि चर्चित बनेका थिए।
खोटाङको लामिडाँडामा जन्मिएका थापाले २ वर्ष बृटिश सेनामा समेत काम गरेका थिए। त्यसक्रममा उनले दोस्रो विश्वयुद्ध लडेका थिए। थापा पछि नेपाली सेनामा भर्ना भएका थिए।

प्रतिकृया दिनुहोस

मनिष र मलिनाको अग्निपरीक्षा आजबाट

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट ‘तिमी हुन्छौ जहाँ जहाँ’ दर्शकमाझ आएको छ । चलचित्रको प्रदर्शन अगावै निर्माण टोलीले देखाएको

विनय र सृष्टिको प्रेम, विछोड र रोमान्स

काठमाडौं । हरेक चलचित्रमा द्वन्द्व, प्रेम, विछोड र रोमान्स देख्न सकिन्छ । तर, कुनै चलचित्र पूरै एक्सन अवतारमा आधारित भएर निर्माण गरिन्छिन् त कोही

‘पुरानो बुलेट’ निर्माणको घोषणा

काठमाडौं । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा नयाँ फिल्म ‘पुरानो बुलेट’ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको