• बुधबार ६-३१-२०७५/Wednesday 10-17-2018

सर्पदंसका बिरामीको संख्या बढ्दै

महाेत्तरी ।  गर्मी बढेसँगै महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले टोकेको बिरामीको संख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा. राजीव झाका अनुसार यस अस्पतालमा अहिले दैनिक पाँचदेखि सात जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आउने गर्दछन् ।  जिल्लामा केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा समेत ती सर्पले सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा. झाले बताए ।
अस्पतालमा आउनेमध्ये बढी बिरामीलाई विषरहित सर्पले टोकेको तथा केही मात्रै विषालु सर्पले टोकेको बिरामी आउने गरेको उनले बताए । अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी बढेको छ ।
जिल्लामा ढोरिया, हरहरालगायतका विषरहित तथा करेत र गोमनजस्ता विषालु सर्प देखा पर्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस

टुँडिखेलमा फूलपाती बढाइँ : विधिपूर्वक दुर्गाको आह्वान

काठमाडौँ, असोज । सैनिक मञ्च टुँडिखेलमा आज बडादशैँको सातौँ दिन फूलपाती बढाइँ गरिएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ

आजदेखि चार दिनसम्म भूतमेला

गौशाला, असोज ।  बडादशैँका बेला परम्परादेखि सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा मंगलबारदेखि भूत मेला शुरु भएको छ

कार्तिक १६ मा कांग्रेसको चियापान : बाँस्तोलाको निधनले मिति परिवर्तन

  काठमाडौं, असोज । नेपाली कांग्रेसले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ