• मंगलबार ४-२९-२०७५/Tuesday 08-14-2018

सुरुभयो ३ जनाको अनुसन्धान

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुन तस्करीमा संलग्न चुडामणि उप्रेति ‘गोरे’ सहित ३ जनाले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिको छानबिन सुरु गरेको छ । विभागका प्रवक्ता विनोद लामिछानेले सुन तस्करीमा संलग्न अभियुक्तहरु गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेललाई सोमबार विभागमा झिकाएर अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए ।


उनले त्यसक्रममा सुन तस्करीमा संलग्न जोकोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने पनि बताए । विभागले गोरे, भुजुङ र छिरिङलाई सम्पत्ति छानबनको क्रममा आफ्ना कुरा राखेर सफाई पेस गर्ने मौका समेत दिने प्रवक्ता लामिछानेले बताए ।


विभागले सम्पत्ति छानबिन अनुसन्धानका क्रममा अभियुक्तहरु गोरे, भुजुङ र छिरिङविरुद्ध अदालतमा दायर भएको मुद्दाको प्रमाणलाई पनि आधार बनाउने स्पष्ट पारेको छ ।  गैरकानुनी ढंगबाट आर्जन गरिएको सम्पत्ति छानबिनका लागि विभागले सम्वद्ध सबै पक्षसँग संलग्न रहेर अनुसन्धान प्रक्रियालाई अघि बढाउने पनि प्रवक्ता लामिछानेले बताए ।


उनले अनुसन्धानका क्रममा सो कार्यमा संलग्न समूहलाई नै अनुसन्धानको दायरामा ल्याउन सकिने पनि स्पष्ट पारे । विभागले सोमबार मोरङ कारगार र सुनसरीको झुम्का कारगारमा रहेका गोरेसहित ३ जना अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि झिकाएको थियो । पछिल्लो समय ३३ किलो सुन तस्करीमा पनि संलग्न भएको पुष्टि भएपछि उनीहरु पक्राउ परेका हुन ।


२०६९ सालदेखि सुन तस्करी गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ उनको साला नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङदेल र गोरेले एउटै चेन बनाएर सुन तस्करी गरेको निष्कर्ष निकाल्दै उनीहरुविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । एउटै चेनमा सुन तस्करी गरेपनि पछिल्लो समय ३३ किलो सुन भुजुङको डिजाईनमा छिरिङ र उनका चालक फाल्दुङ गुरुङले अनामनगर आसपासबाट लुटेको छानबिन समितिको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रतिकृया दिनुहोस

विप्लवको बम आतंक,  प्रहरी भन्छ– आत्तिनु पर्दैन, तर्साउन खोजेका हुन् 

काठमाडौं । राजधानी उपत्यका लगायत ठाउँ ठाउँमा भेटिएका शंकास्पद वस्तु नेपाली सनोको बम डिस्पोजल टोलीले निस्क्रिय पारिरहेको छ । विप्लव नेतृत्वको नपाल

विप्लवको बन्द,  देशभरको जनजिवन प्रभावित,  दुई ठाउँमा भेटिएको बम सेनाद्वारा निस्कृय

काठमाडौं । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दका कारण बिहानै देखि देशभरको जनजिवन प्रभावित भएको छ । केपी

"सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर"

काठमाडौँ, साउन । राष्ट्रिय जनता पार्टी राजपा नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ ।  राजपा अध्यक्ष मण्डलका