• सोमबार १०-७-२०७५/Monday 01-21-2019

एनआई सी एशिया बैंकको नयाँ शाखा सर्लाहीको हरिपुर्वामा

सर्लाही ।  नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले नयाँ शाखा हरिपुर्वा गाँउपालिका, वडा नं ५, बजार चोक, सर्लाहीमा स्थापना गरेको छ । उक्त शाखाको  हरिपुर्वा गाँउपालिकाका मेयर श्री सियारामले विधिवत् समुद्घाटन गर्नुभएको हो ।


बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।


बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११८ अर्ब र कुलनिक्षेप करिब रू १४१ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ ।


साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

प्रतिकृया दिनुहोस

"राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति न्यून"

  काठमाडौँ । सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन

पेट्रोलियम पदार्थको मूल्य यथावत

  काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे पनि नेपाल आयल निगमले भने तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।

अर्थतन्त्रको पहिलो ५ महिना : "शोधनान्तर घाटा झनै चुलियो, मूल्यबृद्धि घट्यो"

  काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो ५ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको सो