• सोमबार १०-७-२०७५/Monday 01-21-2019

नेपाल टेलिकमकाे मोबाइल एप परिमार्जन

काठमाडाैं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।


यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सो वारे जानकारी प्राप्त गर्न सकिन्छ। पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद गर्नका लागि यो एपबाट सहज हुने छ।


त्यसैगरी एफएनएफ सर्भिसबाट नेपाल टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ। विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुन्छ।


पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान (स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ। यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरु गिफ्ट दिन पनि सकिन्छ।


साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिन्छ। कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीँबाट प्रयोग गर्न सकिन्छ।


यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बरहरु डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका वारेमा सोधपुछ गर्न पनि सकिन्छ।


उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन पनि सकिन्छ।

प्रतिकृया दिनुहोस

"राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति न्यून"

  काठमाडौँ । सहज यातायात आवागमनका लागि भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका भौतिक पूर्वाधारका आयोजनाको प्रगति सोचअनुसार हुन

पेट्रोलियम पदार्थको मूल्य यथावत

  काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढे पनि नेपाल आयल निगमले भने तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।

अर्थतन्त्रको पहिलो ५ महिना : "शोधनान्तर घाटा झनै चुलियो, मूल्यबृद्धि घट्यो"

  काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो ५ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक गरेको सो