• बिहीबार ४-३१-२०७५/Thursday 08-16-2018

अन्तर्राष्ट्रिय सूचना तथा संचार प्रविधि सम्मेलन हुँदै

काठमाडाैं । यही असार ३ र ४ गते काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको सूचना तथा संचार प्रविधि सम्मेलन आयोजना हुने भएको छ। कम्प्युटर एशोसिएशन नेपाल महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय स्तरको सूचना तथा संचार प्रविधि सम्मेलन गरिने जानकारी दिएको हो।


देशका विभिन्न भागमा स्मार्ट सिटी बनाउने सरकारको परिकल्पनालाई आवश्यक सुझाव दिने उद्देश्यका साथ सूचना र प्रविधिसम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको महासंघका महासचिव रञ्जित पोदारले बताए।


२ दिनसम्म चल्ने सम्मेलनमा चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश, दक्षिण कोरिया, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका विषयगत विज्ञहरु सहभागी हुनेछन्। अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्नेे सम्मेलनमा स्थानीय र प्रदेश सरकारका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता हुने अपेक्षा गरिएको छ।

सम्मेलनले नेपाललाई आधुनिक सूचना प्रविधिको क्षेत्रबारे विस्तृत जानकारी दिने महासंघको दावी छ।

प्रतिकृया दिनुहोस

टेलिकमको भ्वाइस टेलिफोन’ सेवा

काठमाडौँ, साउन । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने

"बिश्वमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग हुनुपर्छ"

काठमाडौँ, साउन  ।  राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको

"नोकियाको ५ जी योजना : समस्यामा फस्दै "

एजेन्सी, साउन । यस वर्षको अन्तिमसम्ममा आफ्नो ५ जीको कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउने लक्ष्यमा रहेको  दूरसञ्चार सेवा प्रदायक कम्पनी नोकियालाइ